राजनीति
देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
बिहीबार, २५ असार २०८३, २० : ३१
सारांश
- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहमा रहेका पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ।
- शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकमा साउन ६ गते बीपी स्मृति दिवस छुट्टै भव्य रूपमा मनाउनेबारे जिम्मेवारी बाँडफाँड गरिनेछ ।
- राष्ट्रिय भेला आह्वानको विषयमा पनि बैठकमा कुराकानी हुनेछ ।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आफ्नो समूहमा रहेका पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ।
शुक्रबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने गरी पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको नेता डाक्टर प्रकाशशरण महतले जानकारी दिए।
बैठकमा साउन ६ गते बीपी स्मृति दिवस छुट्टै भव्य रूपमा मनाउनेबारे जिम्मेवारी बाँडफाँड गर्ने निर्णय हुनेछ। त्यस्तै राष्ट्रिय भेला आह्वानको विषयमा पनि कुराकानी हुने नेता डाक्टर महतले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण