वीरेन्द्रनगरमा सुरु भयो माओवादीको प्रशिक्षण
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगरको सिटी हलमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । केहीबेर अघिदेखि ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ । प्रशिक्षण कार्यक्रमले कर्णालीमा आगामी मंसिर ४ मा हुने प्रदेश र संघको चुनावलाई मार्गनिर्देशन गर्ने अपेक्षा नेताहरुले लिएका छन् ।
कार्यक्रममा सहभागी हुनका लागि १० वटै जिल्लाबाट नेता, कार्यकर्ताहरु राजधानी वीरेन्न्द्रनगरमा आएका छन् । बुधबार र बिहीबार पनि माओवादीले कार्यकर्ता भेला गरेर बृहत् छलफल गरेको छ । जिल्ला समन्वय समितिको सभाहलमा गरिएको कार्यक्रमा शक्ति बस्नेत र जनार्दन शर्माले नेता कार्यकर्तालाई आगामी चुनावी रणनीतिका बारेमा प्रशिक्षण दिएका थिए । सो कार्यक्रमा आगामी निर्वाचनमा कर्णालीमा माओवादी पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
-
इयु बालबालिकाको सामाजिक सञ्जाल पहुँचमा कडा नियन्त्रणको तयारीमा
-
अघोषित लोडसेडिङको अन्त्य गर्न आग्रह
-
यातायात सेवालाई व्यवस्थित बनाउन अनिवार्य परिचयपत्र र पोसाक
-
२० वर्षपछि प्यालेस्टिनी विधायिका निर्वाचन नोभेम्बर २८ मा हुने
-
देउवा समूहले बोलायो पूर्वपदाधिकारी बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण