बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिनिधिसभामा चार विधेयक टेबुल

बिहीबार, २५ असार २०८३, २० : २७
बिहीबार, २५ असार २०८३

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएका छन् ।

बैठकमा टेबुल भएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन् ।

अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका ती चार विधेयक आजै राष्ट्रियसभाबाट पारित भएका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप