शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुर-३ बाट जितजंग बस्नेतसहित चार नेताको नाम प्रत्यक्षमा सिफारिस

शनिबार, १८ भदौ २०७९, ०९ : २३
शनिबार, १८ भदौ २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट ललितपुर-३ मा  जितजंग बस्नेतको नाम एक नम्बरमा सिफारिस भएको छ। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई पठाएको हो।

उनीसँगै केन्द्रीय सदस्य मदन अमात्य, केन्द्रीय सदस्य धन खतिवडा र प्रदेशसभा सदस्य केसी श्रेष्ठको नाम सिफारिस भएको छ। समानुपातिकमा ओमकार प्रसाद श्रेष्ठको नाम पठाइएको हो।

नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेत सभापति शेरबहादुर देउवाका विश्वास पात्र समेत हुन्। ललितपुर जिल्लाका पूर्व सभापति रहेका अमात्य दोस्रो संविधानसभामा सदस्य भएका थिए । २०७४ मा भएको चुनावमा ललितपुर ३ बाट माओवादीकी पम्फा भुसालले जितेकी थिइन्। कांग्रेसका मदन अमात्य भुसालसँग पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप