ललितपुर-३ बाट जितजंग बस्नेतसहित चार नेताको नाम प्रत्यक्षमा सिफारिस
शनिबार, १८ भदौ २०७९, ०९ : २३
मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट ललितपुर-३ मा जितजंग बस्नेतको नाम एक नम्बरमा सिफारिस भएको छ। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई पठाएको हो।
उनीसँगै केन्द्रीय सदस्य मदन अमात्य, केन्द्रीय सदस्य धन खतिवडा र प्रदेशसभा सदस्य केसी श्रेष्ठको नाम सिफारिस भएको छ। समानुपातिकमा ओमकार प्रसाद श्रेष्ठको नाम पठाइएको हो।
नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेत सभापति शेरबहादुर देउवाका विश्वास पात्र समेत हुन्। ललितपुर जिल्लाका पूर्व सभापति रहेका अमात्य दोस्रो संविधानसभामा सदस्य भएका थिए । २०७४ मा भएको चुनावमा ललितपुर ३ बाट माओवादीकी पम्फा भुसालले जितेकी थिइन्। कांग्रेसका मदन अमात्य भुसालसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण