गण्डक नहरमा र्याफ्टिङ चलाउने प्रतापपुर गाउँपालिकाको योजना, छिट्टै सम्भाव्यता अध्ययन गरिने
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डक नहरमा र्याफ्टिङ चलाउने योजना बनाएको छ । प्रतापपुर गाउँपालिका क्षेत्रमा सो नहरको करिब १० किलोमिटर क्षेत्रमा र्याफ्टिङको सम्भावना र यसका चुनौतीका बारेमा छिट्टै अध्ययन गरी परीक्षणसमेत गरिने गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जनाए ।
त्रिवेणी ब्यारेजदेखि भारतीय सीमावर्ती गाउँ झुल्निपुरसम्म नेपाली भूभाग भएर बगेको गण्डक नहरमा र्याफ्टिङ चलाएर पर्यटकीय गतिविधि बढाउने उनको भनाइ छ । प्रतापपुर र सुस्ताको सिमानामा रहेको फलामे गेटदेखि प्रतापपुर–६ सूर्यपुरास्थित गण्डक जलविद्युत केन्द्रसम्मको दुरीमा र्याफ्टिङ सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
नहरमा १२ देखि १५ हजार क्युसेक पानी नियमित प्रवाह हुन्छ । धेरै संरचना बनिबनाउ नै भएको हुँदा र्याफ्टिङका लागि प्लास्टिकको डुङ्गा र यात्रुका लागि लाइफ ज्याकेट खरिद गरेर तत्कालै सेवा शुभारम्भ गर्न आवश्यक कानुनी प्रक्रिया र सम्भाब्यता अध्ययनको कार्य भइरहेको उनले जानकारी दिए ।
यो सेवा गाउँपालिकाले शुभारम्भ गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।
बुटवल र भैरहवासम्मका आन्तरिक पर्यटक र्याफ्टिङका लागि आउने सम्भावना रहेको गाउँपालिकाको अपेक्षा छ । भारतको उत्तर प्रदेश र बिहार प्रदेशका पर्यटक पनि आकर्षित हुने र स्थानीयवासीलाई पनि व्यवसायसँगै रमाईलो गर्ने अवसर जुटाउने अध्यक्ष यादवले बताए ।
थोरै लगानीले जिल्लाकै प्रभावशाली पर्यटकीय गन्तब्य बन्ने सक्ने सम्भावना रहेकाले यस्तो सोच ल्याइएको अध्यक्ष यादवको दाबी थियो । नहरको दुवै किनारमा सर्भिस रोड र नहरको पूर्वीउत्तरी भागको तल्लो तटीय भागमा पनि सडक छ । त्यसमा पनि जैविक यातायात जस्तै घोडचढी र गाडाको समेत व्यवस्थान गर्दै नहरलाई सजाएर पर्यटन क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष यादव बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण