सल्यानमा ट्रकले किचेर तीन वर्षीय बालकको मृत्यु
सोमबार, २० भदौ २०७९, १७ : ३३
सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका–१ श्रीनगर बजारमा लु १ ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका तीन वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको हो ।
घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने भनी चालक चुडामणि बस्नेतले ट्रक चलाएर अगाडि बढाउने क्रममा एक्कासि ट्रकतर्फ आउँदै गरेका बालक कृतिकलाई पछाडिको टायरले च्यापेको थियो ।
टायरले च्यापेर गम्भीर घाइते भएका बालक भण्डारीको स्थानीय परोपकार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । चालक बस्नेतसहित ट्रक नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
-
फेसबुक ह्याक गरी आफन्त बनेर रकम ठगी गर्ने आरोपमा एक जना पक्राउ
-
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत
-
उमा भुजेलको संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टीको राष्ट्रिय भेला आयोजक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण