बालबालिकाको गोपनीयता भङ्ग गरेको भन्दै इन्टाग्रामलाई ४०.५ करोड युरो जरिवाना
मङ्गलबार, २१ भदौ २०७९, १२ : ५०
बालबालिकाको गोपनीयता भङ्ग गरेको आरोपमा आयरल्याण्डको नियामक निकायले इन्सटाग्रामलाई ४०.५ करोड युरो जरिवाना तोकेको छ । लामो समयदेखि इन्सटाग्राममाथि बालबालिकाको विशेष गरेर फोन नम्बर र इमेलको गोपनीयता कायम नगरेको आरोप लाग्दै आएको थियो ।
बिजेनस अकाउन्टमा बदलेकाहरूले एनलाइटिकल टुलबाट पोफाइल भिजिटजस्ता विषयहरूमा पहुँच पाउने र त्यसले गोप्य तथ्याङ्क उनीहरूको हातमा पुग्ने आरोप थियो । इन्सटाग्रामको मालिक कम्पनी मेटाले उक्त निर्णय विरुद्ध अपिल गर्ने बताएको छ ।
आयरल्याण्डको नियामक निकाय डाटा प्रोटेक्सन कमिस्नर (डीपीसी) ले कम्पनीलाई जरिवानाको सजाय तोकेको यो तेस्रो अवसर हो । यता डीपीसीले एक वर्षअघिको पुरानो सेटिङको अध्ययनको आधारमा सो जरिवाना तोकेको तर अहिले एपमा धेरै अपडेट भएर ती समस्या समाधान भइसकेको मेटाको दाबी छ ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण