अमेरिकी सेनाले छोडेको हेलिकोप्टर तालिवानले उडाउन खोज्दा दुर्घटना, तीन जनाको मृत्यु
आइतबार, २६ भदौ २०७९, ०७ : ५१
अफगानिस्तानको राजधानी काबुलमा तालिवानले अभ्यास गर्ने क्रममा ब्ल्याक हक हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।
‘प्रशिक्षणमा रहेको अमेरिकी ब्ल्याक हक हेलिकप्टर नेशनल डिफेन्स युनिभर्सिटीको क्याम्पसभित्र प्राविधिक समस्याका कारण दुर्घटनाग्रस्त भएको छ,’ रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीले भने, ‘दुर्घटनामा पाँच जना घाइते भएका छन् ।‘
तालिबानले एक वर्षअघि अमेरिकामा निर्मित केही विमानहरू आफ्नो नियन्त्रणमा लिएको थियो । अमेरिका छोडेका कति हेलिकोप्टर सञ्चालित छन् भन्ने यकिन हुन सकेको छैन । अमेरिकी सेनाहरूले जानाजानी केही सैन्य हार्डवेयरलाई क्षति पुर्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण