अष्ट्रेलियाको हन्टर नेपालमा: यस्ता छन् सार्वजनिक गरिएका पाँच मोडल
काठमाडौं - नेपालमा अष्ट्रेलियन कम्पनी ‘हन्टर’ का बाइक भित्रिएका छन् । नेपालको लागि हन्टर मोटरसाइकलको आधिकारिक बिक्रेता राई मोटर्सले हन्टर मोटरसाइकलको नयाँ पाँच मोडल भित्र्याएको हो ।
कम्पनीले डेटोना ३५० सिसी, क्याफे रेसर ३५० सिसी, स्पाइडर ३५० सिसी, क्रुजर ३५० सिसी र स्नाइपर ३५० सिसी नेपाली बजारमा भित्र्याएको हो ।
यी मोडेलमध्ये डेटोना ३५० सिसी, स्पाइडर ३५० सिसी र क्रुजर ३५० सिसीको अधिकतम पावर ८००० आरपीएममा ३४ बिएचपी छ ।
त्यसै गरी क्याफे रेसर ३५० सिसी र स्नाइपर ३५० सिसीको अधिकतम पावर ८००० आरपीएममा ३४ बिएचपी छ ।

सबै मोडलका बाइकमा एडभान्स ईएफआई (ईलेक्ट्रोनिक फ्युल इन्जेक्सन) प्रणाली जडान गरिएको छ । सबै बाइकमा ३५० सिसी, डबल सिलिन्डर र डबल कुलिङ सिस्टम (एयर र आयल कुलिङ)को इन्जिन जडान गरिएको छ ।

राई मोटर्सले बाइकको सोरुम बालुवाटारमा छ । कम्पनीले स्पेयर पार्ट्स, सर्भिस र सेल्सको सुविधा प्रदान गरेको छ । त्यसैयरी २ वर्षको निःशुल्क सर्भिसको सुबिधा र इन्जिनमा १ बर्षको वारेन्टी समेत प्रदान गरेको छ ।

बाइकहरु म्याट ब्ल्याक, ग्लोस ब्ल्याक, ह्वाइट, रेड र ब्लु रंगमा उपलब्ध छन् । हन्टरका सबै मोटरसाइकलको मुल्य ६ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।
हन्टर मोटरसाइकल अस्ट्रेलियामा लोकप्रिय मोटरसाइकल ब्रान्ड हो । यसले स्थापनादेखि नै प्रिमियम सेगमेन्टको मोटरसाइकलहरु उत्पादन गर्दै आएको छ ।

यस कम्पनीसँग स्पोर्ट्स बाइक, क्रुजर, क्याफे रेसर जस्ता विभिन्न मोडलका बाइक उत्पादन गर्ने वर्षौं देखिको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
पुलमुनि बेवारिसे शव फेला
-
पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सुनसरीको देवानगञ्ज बजारमा दुई समूहबिच ढुङ्गा हानाहान
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण