‘गुलाबी’ मा ट्रान्सजेन्डर बन्दै नाजिर
अभिनेता नाजीर हुसेन ट्रान्सजेन्डरको भूमिकामा देखिने भएका छन् । केही दिनदेखि कास्कीको धम्पुसमा छायांकन भइरहेको फिल्म ‘गुलाबी’ मा उनी ट्रान्सजेन्डरको भूमिकामा देखिन लागेका हुन् ।
‘गुलावी’ को भूमिका आफ्ना लागि नैलो र चुनौतीपूर्ण भएको नाजीरले बनाए । ‘फिल्ममा म ट्रान्सजेन्डरको भूमिका निर्वाह गर्दैछु । यसका लागि करिब तीन महिनादेखि प्रशिक्षणमा छु’ नाजिरले भने ‘भुमिकाकै लागि १० केजी तौल घटाएको छु ।’ भुमिकाका लागि २–३ जना ट्रान्सजेन्डरलाई केही महिनादेखि नजिकबाट नियाल्दै समेत आएको उनले सुनाए ।
समुन्द्र भट्टको कथा तथा निर्देशनमा बन्ने फिल्म दि स्काइ ओसन इन्टरटेन्मेन्ट र अनुपम फिल्मस्ले मिलेर बनाउन लागेका हुन् । फिल्मले मुख्य कथानै ट्रान्सजेन्डर बनाएको छ ।
भद्र भुजेल एसोसिएट निर्देशक रहेको फिल्ममा संचिता लुईँटेल, नाजीर हुसेन, सुशील सिटौला, विशाल पहाडी, अनुपम श्रेष्ठ (हट्टी नट्टी, सुक्मित तामाङ (घिसिङ), राजा घोषलगायतका कलाकारले अभिनय रहनेछ ।
क्यानडामा फिल्म निर्देशन अध्ययन गरेकी समुन्द्रले ८ बर्षअघि प्रेम कथानक फिल्म ‘आधा पेज’ बाट निर्देशकका रुपमा डेब्यु गरेकी थिइन् । ‘गुलाबी’ उनको निर्देशनमा बन्न लागेको दोस्रो फिल्म हो । फिल्म अर्काे बर्षको फागुनमा रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण