लमजुङ अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित
रोजगारीको ग्यारेण्टी नभएपछि जिल्ला अस्पताल लमजुङका स्वास्थ्य कर्मचारीले आन्दोलित भएका छन् । बायाँ हातमा कालोपट्टी बाँधेर उनीहरूले सोमबार रोजगारीको ग्यारेन्टी गर्न माग गर्दै अस्पताल गेटमा धर्ना दिएका थिए ।
सरकारले अस्पताल हस्तान्तरण गर्नुभन्दा पहिला कर्मचारीको उचित व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका संयोजक गणेश गुरुङका अनुसार अस्पताल विकास समिति र हालसम्म अस्पताल सञ्चलन व्यवस्थापन गर्दै आएको मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)ले कर्मचारीको उचित व्यवस्थापन गर्नु पर्ने माग गर्दै धर्ना दिएको हो ।
कर्मचारीले रोजगारीको सुनिश्चितताको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुशील वैद्यमार्फत पनि प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङलाई ज्ञापनपत्र बुझाउँदै आएको छ ।
गण्डकी प्रदेश सरकारले अस्पताल आफैंले सञ्चालन गर्ने भनेपछि स्वास्थ्य कर्मचारीमा अन्यौलता छाएको छ । यस्तै, प्रदेश सरकारले अस्पतालमा स्वास्थ्य कर्मचारी भर्ना गर्न थालेपछि कार्यरत स्वास्थ्य कर्मचारी थप समस्यामा परेका छन् ।
विकास तथा सामुदायिक सेवा (एचडीसीएस) र लमजुङ एकीकृत स्वास्थ्य केन्द्रबीचको सम्झौताअनुसार सुरुमा पाँच वर्ष सञ्चालन गरिएको थियो । सरकारले त्यसपछि एचडीएससँग मात्रै सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०८२ सालसम्मका लागि अस्पताल व्यवस्थापनको जिम्मा एचडीएसले लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण