नेपाली फिल्मले ६० प्रतिशत शो पाउनुपर्छ : भुवन केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मको प्रदर्शनसँग जोडेर आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका छन् । नेपाली फिल्मको प्रदर्शनमा हल व्यवस्था विकास बोर्डले नै गर्ने जसरी आफ्नो नाम जोडिएर बदनाम गर्न खोजिएको उनको भनाइ छ ।
‘नेपाली फिल्मले सधै नै पहिलो प्राथमिकतामा हल पाउनुपर्छ भनेर म ४ दशकदेखि लडिरहेको छु । तर, यहाँ नेपाली फिल्म रिलिज हुँदा विकास बोर्डले नै हल नदिएजस्तो गरि मेरो बदनाम गर्न खोजियो’ केसीले भने ‘ आजसम्म, विकास बोर्डले हल दिने भन्ने कुनै नीति छैन ।’ नेपाली फिल्मले रिलिजको समय ६० प्रतिशत शोज पाउनुपर्ने धारणा समेत केसीले अगाडि सारे । मंगलबार फिल्म ‘सायरा’ घोषणा कार्यक्रममा अध्यक्ष केसीले नेपाली फिल्म आफ्नो प्रथामिकतामा पहिले, अहिले र पछि पनि पर्ने स्पष्ट पारे ।
‘हाम्रो देशमा नेपाली फिल्मले प्रदर्शनमा पहिलो प्रथामिकता पाउन सकेको छैन । त्यो मैले पनि नबुझेको कुरो हो’ केसीले भने ‘म चलचित्र विकास बोर्डमा पुगेपछि यो बिषयमा निरन्तर पहल गरिरहेको छु । केही समयपछि हल होला ।’ केसीले बोर्डले आफ्नो अधिकारमा रहेर यस बिषयमा छिट्टै काम गर्ने समेत सुनाए ।
पछिल्लो समय आफ्नै देशमा फिल्म निर्माताहरुले पराइको व्यवहार सहनुपरेको छ । यो विषय आफुले पनि बुझेको बताएका केसीले बिदेशी फिल्मसँग नेपाली फिल्म जुध्दा नेपाली फिल्मले नै बढी शो पाउनुपर्ने उनले बताए । ‘विदेशी फिल्म र नेपाली फिल्म एकसाथ रिलिज हँुदै छ भने नेपाली फिल्मले पहिले बढी शो पाउनुपर्छ’ केसीले थपे ‘नेपाली नेपाली भएको खण्डमा बराबरा शो हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण