छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण
माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्रालाई साइकल प्रदान गरिएको हो ।
नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा नामाङ्कन गराएर अध्ययन गर्ने छात्रालाई विसं २०७६ देखि नै साइकल प्रदान गर्दै आएको छ । नगरप्रमुख हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित गर्ने बताए। उनले भने, “यो कार्य महिला सशक्तीकरणकै एक महत्वपूर्ण पाटो हो । ”
साइकल पाएपछि छात्राको विद्यालय उपस्थितिमा नियमितता बढेको विद्यालयका शिक्षक श्रीष मिश्रले बताए । “साइकल पाएका छात्रा हम्मेसी विद्यालय आउन छुटाउँदैनन्”, उनले भने, “पढाइमा पनि छात्राले मेहनत बढाएका छन् ।”
मटिहानी नगरपालिका भए पनि अधिकांश ग्रामीण परिवेशका बस्ती छन् । यहाँका विद्यालयमा पढ्ने छात्रा अधिकांश दलित, जनजाति समुदायका गरिब परिवारका छन् । यिनीहरूका लागि पठनपाठनमा साइकल निकै सहयोगी बनेको अभिभावकहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण