न्यायाधीशमा सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान
बुधबार, २९ भदौ २०७९, १६ : ४३

संघीय संसद, संसदीय सुनुवाइ समितिले न्यायपरिषदले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ । संसदीय सुनुवाइको प्रक्रिया थाल्दै समितिले उनीहरुविरुद्ध कुनै उजुरी भए ७ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।
सूचना दिने दाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रुपमा खुलाउनुपर्ने र निजले चाहेमा परिचय गोप्य राखिने समितिले जारी गरेको सूचनामा उल्लेख छ।
न्यायपरिषदले न्यायाधीशका लागि नीता गौतम दीक्षित, विनोद शर्मा र दिनानाथ पराजुलीको नाम सिफारिस गरेर भदौ २२ गते समितिमा पठाएको थियो । सूचना दिन चाहनेले सिंहदरबारस्थित सुनुवाइ समितिको कार्यालयमा वा इमेलमार्फत पठाउनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ