पोखरा पुगेर यसरी खुलिन् साम्राज्ञी
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला पोखरामा छिन् । उनी फिल्म सुटिङका लागि भन्दा पनि घुमघामका लागि पोखरा पुगेकी हुन् । पोखरा घुमघामका तस्बिर उनले सामाजिक संजाल मार्फत पनि शेयर गरेकी छन् । तस्बिरमा उनले स्वीमवेयर समेत प्रयोग गरेकी छन् । तस्बिरमा साम्राज्ञी हट एण्ड सेक्सी देखिएकी छन् । जसमा उनको मादकता र सौन्दर्य समेत झल्किएको छ ।
साम्राज्ञीले हालै ‘लण्डन टु पेरिस’ फिल्मको छायांकन सकेकी छन् । बेलायत र फ्रान्सका विभिन्न सहरमा छायांकन भएको फिल्ममा उनी मुख्य भूमिकामा छिन् । करिब एक महिनाको सुटिङको ह्याङ हटाउन उनी पोखरा घुमघाममा निस्किएको बताइन्छ ।
‘ड्रिम्म’ बाट अभिनयमा डेब्यु गरेकी साम्राज्ञी पछिल्लो समयकी हिट हिरोइन हुन् । उनलाई फिल्ममा लिन निर्माता निर्देशक बर्षाै कुर्न समेत तयार छन् । ‘लण्डन टु पेरिस’ मा साम्राज्ञीले कबीर खड्का र निश्चल खड्कासँग रोमान्स गरेकी छन् । फिल्मका निर्देशक घनश्याम लामिछाने हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण