अछामको पहिरोबाट भएको मानवीय र भौतिक क्षति प्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठुलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । अछामको मंगलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिका लगायतका स्थानमा आएको पहिरो तथा डुबानबाट ठुलो मानवीय क्षति भएकोमा उपराष्ट्रपति पुनले आफू स्तब्ध बनेको बताएका हुन् ।
उनले पहिरो तथा डुबानका कारण निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । साथै, पहिरो तथा डुबानमा परी बेपत्ता भएकाहरूको खोजमा सबै तहका सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजी कार्यलाई अझै प्रभावकारी बनाउन आग्रह गरेका छन् । उनले पहिरोबाट विस्थापितहरूका लागि पर्याप्त राहत र उचित बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् । ।
मौसमविद्हरूले वर्षा अझै जारी रहने र बाढी पहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्व तयारी गर्न सबै पक्षलाई उपराष्ट्रपति पुनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
