बालबालिका हराउँछन्, भेटिँदैनन्

दाङमा गएको आर्थिक वर्ष २०७८/७९ मा ८३ बालक हराए । ती मध्ये ७३ बालक फेला परेका भने अन्य १० बालक अझै फेला परेका छैनन् । त्यस्तै सोही आवमा एक सय ५८ बालिका हराए भने एक सय ४१ फेला परे । तीमध्ये १७ बालिका अझै फेला पर्न सकेका छैनन् ।
त्यस्तै चालु आवको साउन र भदौको तेस्रो हप्तामा २० बालक हराए । ती मध्ये १५ फेला परे भने पाँच अझै पनि फेला पर्न सकेका छैनन् ।
जिल्लामा गिरोह सक्रिय भएर बालबालिका ओसारपसार गर्ने गरेको घटना भने नभएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले बताए । कोही घरबाट भारत जाने भनेर उतै हराउने, कोही आफन्तका घरमा जाने भनेर सम्पर्कमा नआउने जस्ता कारणले बालक हराउने गरेको उनको भनाइ थियो । एक ठाउँको हुलिया दिएर अर्कोतिर बस्ने कारणले पनि भेट्टाउन समस्या सहने गरेको उनले बताए ।
त्यस्तै बालिकामा पनि बिहे गरेर जाने र परिवारको सम्पर्कमा नआउने जस्ता कारणले पनि हराएको भनी उजुरी पर्ने गरेको प्रहरी नायब उपरीक्षक गौतमले बताए । हराएका मान्छे भेटिए पनि आफन्तले खबर नगर्दा पनि हराएकाहरू नभेटिएको तथ्याङ्कमा नआउने गरेको उनको भनाइ छ ।
जिल्लामा गत आवमा तीन सय ५३ महिला हराएका छन् भने तीन सय छ जना फेला परेका छन् । ४७ महिला अझै फेला पर्न सकेका छैनन् । त्यस्तै चालु आवको साउन र भदौमा ६० महिला हराएकामा ३५ जना भेटिएका छन् भने २५ जना अझै फेला पर्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सले नेपाललाई जितका लागि दियो १ सय ७५ रनको लक्ष्य
-
पहिरोले अरनिको राजमार्ग बन्द
-
धुलिखेल नगरसभाले गर्यो प्रदेश सभा खारेजका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय !
-
एपीएफको पक्षमा अपिल कमिटीको निर्णय, थ्रीस्टार क्लब रेलिगेसनमा
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या