बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

‘किड्स अफ द इयर इन्टरनेशनल’ मा छानिए ३ विजेता

आइतबार, ०२ असोज २०७९, १७ : १६
आइतबार, ०२ असोज २०७९

‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ मा एकसाथ ३ विजेता छानिएका छन् । हिमालयन दृष्य रिसोर्टमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर गरेर एकसाथ तीन विजेता छानिएका हुन् । प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ केटा तर्फ विलिप मानन्धर शीर्ष विजेता बने । यही प्रतियोगिता तर्फको फष्ट रनरअप सायन केसी, सेकेन्ड रनर अफ विनिक खड्गी चुनिदा थर्ड रनरअप मेवान देगम शाक्य घोषित भए ।

त्यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ केटीतर्फ आरध्या विष्टले शीर्ष उपाधि चुमिन् । यही प्रतियोगितामा इलियाना वैद्य फष्ट रनरअफ र हर्षिका खड्का सेकेन्ड रनरअप हुँदा उत्सुक्ता श्रेष्ठ थड रनरअफ भइन् । प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ सिरिनयर केटी तर्फको उपाधि भने सिखा मान्नधरले हात पारिन् ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा आशिष थापा (प्रमुख प्रशासक मिलियन ह्वाइट हाउस स्कुल) इन्दु थापा (प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), अशोक पाण्डे ( प्रिन्सिपल सेमरक निष्ट स्कुलका ), उमा बस्नेत (भाइस प्रिन्सिपल नाइटेङ्गल स्कुल) र पुकार कर्णजित (पहिलो मिष्टर काभ्रे तथा अध्यक्ष अर्किट इन्टरनेशनल स्कुल) निर्णयक रहेका थिए । 

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।

फैजु बिगत १२ वर्षभन्दा लामो समयदेखि गुणस्तरीय राष्ट्रिय तथा अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा आयोजना गर्दै आएका छन् । ७ वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगीको कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजुले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर उपहारका रुपमा प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप