दोनेत्स्कमा भएका शृंखलाबद्ध हमलामा १२ जनाको मृत्यु
बुधबार, ०५ असोज २०७९, ११ : ३४
पूर्वी युक्रेनको पृथक्तावादी नियन्त्रित सहर दोनेत्स्कमा भएका शृंखलाबद्ध विस्फोटनमा परेर कम्तीमा १२ जनाको मृत्यु भएको छ । विस्फोटमा अन्य केही घाइते भएका छन् । युक्रेनी हमलामा उनीहरुको मृत्यु भएको रुस समर्थित मेयर अलेक्सी कुलेम्जिनले दाबी गरे । आक्रमणको युक्रेनकी पक्षले भने कुनै प्रतिकृया जनाएको छैन ।
दोनेत्स्कलाई सन् २०१४ देखि रुस समर्थित विद्रोहीले नियन्त्रणमा राखेका छन् । विशेषगरी युक्रेनमा रुसले हमला सुरु गरेपछि मस्कोले उक्त सहरलाई निशाना बनाएको विद्रोहीहरुले बताउँदै आएका छन् । यसअघि पनि उक्त सहरमा बारम्बार मिसाइल आक्रमण र गोलाबारी भएका थिए ।
फेब्रुअरीपछि रुसी सेनाले दोनेत्स्क क्षेत्रका थप दक्षिणी भागहरूमा कब्जा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर