रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिने लिङ्देनको प्रस्ताव, वरीयतामा लफडा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिन प्रस्ताव गरेको छ । बिहीबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष लिङ्देनले मिश्र पार्टी प्रवेश गर्न तयार भएको भन्दै उनलाई वरिष्ठ उपाध्यक्ष दिनेबारे औपचारिक प्रस्ताव गरेका हुन् । यद्यपि यो विषयमा थप छलफल र टुंगो लगाउने जिम्मेवारी लिङ्देनलाई नै दिइएको छ ।
राप्रपाका एक नेताले अध्यक्षले मिश्रसँग एकताबारे अध्यक्षले बैठकलाई जानकारी गराएको बताए । यसअघि राप्रपाको सहअध्यक्षमा बार्गेनिङ गर्दै आएका मिश्र आफ्नो पूर्ववत् अडानबाट पछि हट्दै वरिष्ठ उपाध्यक्ष बन्न राजी भएपछि दुई पक्षीय बैठक सकारात्मक बनेको हो । ती नेताका अनुसार वरीयताको विषयमा भने अझै टुंगो लागेको छैन । ‘राप्रपामा धेरै पुराना नेताहरु हुनुहुन्छ । लामो राजनीतिक अनुभव नभएका मिश्रलाई वरिष्ठ अध्यक्ष पद दिएपनि अध्यक्षपछिको वरीयता भने दिन सक्ने अवस्था छैन’, ती नेताले भने, ‘उहाँलाई उपाध्यक्ष दीपक बोहरा भन्दा माथिको वरियता पनि दिनसक्ने अवस्था छैन ।’
राप्रपाभित्र उपाध्यक्ष बुद्धिमान तामाङलगायतले मिश्रलाई आफूभन्दा माथि वरीयता राख्न नहुने अडान लिँदै आएका छन् । तामाङले सबैलाई चित्तबुझने वातावरण बनाउन पर्नेमा जोड दिँदै आएको राप्रपाका नेताहरु बताउँछन् । तर, रातोपाटीसँग कुरा गर्दै तामाङले आफ्नोबारे गलत प्रचार भएको भन्दै पार्टीले गरेको सही निर्णय आफूलाई मान्य हुने बताए । ‘पार्टीले निर्णय गर्यो भने मलाई के अफ्ठ्यारो हुन्छ र ? पार्टीले निर्णय गर्यो भने भइहाल्छ । यदि मान्य हुँदैन भने त पार्टी छाडेर हिँडे भइहाल्यो’, उनले भने, ‘पार्टी भनेको विधि र विधानअनुसार चल्ने कुरा हो ।’
अब वरीयताको विषयमा अध्यक्षले सबैसँग छलफल गरेर टुंगो लगाउने निर्णय बिहीबारको बैठकले गरेको नेताहरुले बताएका छन् । पार्टीभित्र मिश्रको आगमनबारे औपचारिक प्रवेश पाएपछि अब दुई पक्षबीच छलफल गरेर थप टुंगो लगाइने छ । नेताहरुका अनुसार मिश्र चुनावअघि नै राप्रपामा प्रवेश गर्ने र काठमाडौं १ बाट चुनाव लड्ने तयारीमा रहेका छन् ।
स्रोतका अनुसार मिश्र र केही उनीनिकट नेताहरु राप्रपामा प्रवेश गर्ने तयारीमा रहेका छन् । पछिल्लो समय राजतन्त्रको कट्टर समर्थक बनेका उनले हालै ‘विचारभन्दा माथि देश’ नामक पुस्तक समेत प्रकाशित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
-
कोरोलाबाट भित्रिएका ईभीमा कुनै कैफियत नभेटिएको छानबिन समितिको निष्कर्ष
-
शपथ लिएपछि आफैँ गाडी हाँकेर सिंहदरबार पुगे सुधन गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण