मंसिर ४ को निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारले ‘लौरो’ चुनाव चिह्न नपाउने आयोगको प्रस्टोक्ति
स्थानीय तहको निर्वाचनमा कतिपय स्वतन्त्र उम्मेदवारले प्रयोग गरेको चुनाव चिह्न ‘लौरो’ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने ‘हाम्रो नेपाली पार्टी’ले प्राप्त गरेको छ । त्यसैले आसन्न निर्वाचनमा ‘लौरो’ चुनाव चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारले नपाउने भएको निर्वाचन आयोगले प्रस्ट पारेको छ ।
‘हाम्रो नेपाली पार्टी’ नाम गरेको दलले ‘लौरो’ चुनाव चिह्न पाएको तर सो पार्टीले दलीय चुनाव चिह्न लिएर पनि स्वतन्त्र उम्मेदवारकै रुपमा प्रचारप्रसार गरेको भन्दै आयोगले उक्त पार्टीका अध्यक्ष अनन्तराज घिमिरेसँग प्रष्टिकरण माग गरेको छ । आयोगले सोधेको प्रष्टीकरणमा भनिएको छ, ‘तपाईको दललाई प्रदान गरिएको निर्वाचन चिह्न लौरो तपाई दलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकाले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिह्न हो भनी प्रचार प्रसार गर्नुभएको हो ?’
आयोगले सो दलका अध्यक्ष घिमिरेलाई प्रश्न गरेको छ, ‘तपाईको दल निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भई समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची समेत पेश गरी निर्वाचन चिह्न लौरोसमेत प्रदान गरिसकिएकोमा लौरो चिह्न स्वतन्त्रको हो र म स्वतन्त्र उम्मेदवार हुँ भनी के कुन आधारमा प्रचार प्रसार गर्नुभएको हो ? त्यसरी स्वतन्त्र उम्मेदवार भनी प्रचार प्रसार गर्न मिल्ने हो होइन ?’
दलको चिह्न स्वतन्त्र उम्मेदवारको चिह्न हो भनी प्रचार प्रसार गर्ने कार्य कानुन विपरीत भई यस्ता भ्रामक कार्यले मतदाता र सर्वसाधारणमा अन्यौलता सिर्जना गरी स्वच्छ निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने भन्दै आयोगले उक्त पार्टीका अध्यक्ष घिमिरेलाई ‘तपाई र तपाईको दललाई कारवाही किन नगर्ने ?’ भनेर प्रश्न पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण