राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र, निर्वाचित उपाध्यक्षभन्दा पछाडि वरीयता
विवेकशील साझाका नेता रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्ने अन्तिम तयारीमा लागेका छन् । राप्रपा उच्च स्रोतका अनुसार उनी एक–दुई दिनभित्रै राप्रपा प्रवेशको तयारीमा लागेका हुन् ।
त्यसका लागि उनले सोमबार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिइसकेका छन् । राप्रपाका एक नेताले मिश्रको वरियता निर्वाचित उपाध्यक्षहरू पछि रहनेगरी टुंगो लागेको बताए । तर उनको पद भने वरिष्ठ उपाध्यक्ष हुनेछ ।
मिश्र र राप्रपाका नेताहरुबीच भएको सहमतिअनुसार उनी राप्रपाबाट निर्वाचित उपाध्यक्षभन्दा पछि रहने सहमति भएको हो । जसअनुसार मिश्रभन्दा अगाडिको वरियतामा उपाध्यक्षहरू विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशनी कार्की रहनेछन् । यस्तै दीपक बोहराको वरीयता पनि माथि नै रहनेछ । हाल पूर्वअध्यक्षहरु लोकेन्द्र बहादुर चन्द, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाको वरीयता अध्यक्ष राजेन्द्र लिङ्देनको भन्दा पनि माथि रहेको छ । पदाधिकारीमा रहेका उपाध्यक्षहरू पछि मिश्रको वरीयता पाँचौ नम्बरमा रहने गरी सहमति भएको नेताहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
