रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै

साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम तय भएको उनको भनाइ छ ।
मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ ।
रवीन्द्र मिश्र र राप्रपाबीच लामो समययता एकताका लागि छलफल हुँदै आएको थियो । जुन छलफलले मूर्तरूप लिएपछि श्रेष्ठले भने, ‘हामी नयाँ खबर सुनाउन आतुर थियौं, अन्ततः सम्भव हुने भयो । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा एकता घोषणा सभा हुनेछ ।’
मिश्रसँगै राजावादी पक्षधर विवेकशीलका नेताहरु राप्रपामा प्रवेश गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति
-
कम्युनिस्ट पार्टीमा सामूहिक र संस्थागत आर्थिक प्रणाली आवश्यक
-
‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने
-
‘ब्रुकलिन ब्रिज’मा ठोक्कियो मेक्सिकन नौसेना प्रशिक्षण जहाज