रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्दै
साझा विवेकशील पार्टी परित्याग गरेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मिश्र बुधबार राप्रपामा समाहित हुने कार्यक्रम तय भएको जानकारी दिए । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहबीच एकता घोषणा गर्न बुधबार राजधानीमा कार्यक्रम तय भएको उनको भनाइ छ ।
मिश्रलाई राप्रपाले वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियता भने हाल राप्रपाका रहेका उपाध्यक्षहरुभन्दा पछाडि हुनेगरी सहमति भएको छ ।
रवीन्द्र मिश्र र राप्रपाबीच लामो समययता एकताका लागि छलफल हुँदै आएको थियो । जुन छलफलले मूर्तरूप लिएपछि श्रेष्ठले भने, ‘हामी नयाँ खबर सुनाउन आतुर थियौं, अन्ततः सम्भव हुने भयो । राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा एकता घोषणा सभा हुनेछ ।’
मिश्रसँगै राजावादी पक्षधर विवेकशीलका नेताहरु राप्रपामा प्रवेश गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण