खलनायक जीवनसाथी रोज्ने यस्ता छन् बलिउड अभिनेत्री
बलिउडमा यस्ता धेरै स्टार छन्, जो नायक होस् वा खलनायक हरेक पात्रमा फिट हुन्छन् । त्यसैले पनि बलिउडका केही अभिनेत्रीले वास्तविक जीवनमा जीवनसाथी अभिनेता नभई रियल लाइफको खलनायक रोजेका छन् । खलनायक जीवनसाथी रोज्ने यी हुन् बलिउड अभिनेत्री ।
रेणुका शहाणे:
रेणुका शहाणे सन् १९९४ मा फिल्म ‘हम आपके है कौन’ मा देखा परेकी थिइन् । यो फिल्म आफ्नो समयको सबैभन्दा ब्लकबस्टर फिल्ममध्ये एक हो । यो फिल्मपछि रेणुका शहाणेले नयाँ पहिचान पाइन् । रेणुका शाहणेले सन् २००१ मा बलिउड अभिनेता आशुतोष राणासँग विवाह गरेकी थिइन् । आशुतोष राणा मुख्यतया फिल्ममा भिलेनको भूमिकामा देखिन्छन् । उनी ‘दुष्मन’, ‘संघर्ष’ र ‘बादल’ जस्ता फिल्ममा खलनायकको भूमिकामा देखिएका थिए ।
निवेदिता भट्टाचार्य:
निवेदिता भट्टाचार्यले बलिउड फिल्मकी अभिनेत्री हुन् । उनले के के मेननसँग विवाह गरेकी हुन् । के के मेननले धेरै बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् ।
पूजा बत्रा:
पूजा बत्रा ९० को दशककी सबैभन्दा सुन्दर अभिनेत्री हुन् । पूजा बत्राले सन् १९९९ मा आएको फिल्म ‘हसीना मान जायेगी’ मा काम गरेकी थिइन् । सन् २०१९ मा पूजा बत्राले बलिउड अभिनेता नवाब शाहसँग विवाह गरेकी हुन् । नवाब शाहले ‘डन २’, ‘टाइगर जिन्दा है’ जस्ता धेरै हिट फिल्मका साथै साउथ फिल्ममा पनि भिलेनको भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण