खलनायक जीवनसाथी रोज्ने यस्ता छन् बलिउड अभिनेत्री

बलिउडमा यस्ता धेरै स्टार छन्, जो नायक होस् वा खलनायक हरेक पात्रमा फिट हुन्छन् । त्यसैले पनि बलिउडका केही अभिनेत्रीले वास्तविक जीवनमा जीवनसाथी अभिनेता नभई रियल लाइफको खलनायक रोजेका छन् । खलनायक जीवनसाथी रोज्ने यी हुन् बलिउड अभिनेत्री ।
रेणुका शहाणे:
रेणुका शहाणे सन् १९९४ मा फिल्म ‘हम आपके है कौन’ मा देखा परेकी थिइन् । यो फिल्म आफ्नो समयको सबैभन्दा ब्लकबस्टर फिल्ममध्ये एक हो । यो फिल्मपछि रेणुका शहाणेले नयाँ पहिचान पाइन् । रेणुका शाहणेले सन् २००१ मा बलिउड अभिनेता आशुतोष राणासँग विवाह गरेकी थिइन् । आशुतोष राणा मुख्यतया फिल्ममा भिलेनको भूमिकामा देखिन्छन् । उनी ‘दुष्मन’, ‘संघर्ष’ र ‘बादल’ जस्ता फिल्ममा खलनायकको भूमिकामा देखिएका थिए ।
निवेदिता भट्टाचार्य:
निवेदिता भट्टाचार्यले बलिउड फिल्मकी अभिनेत्री हुन् । उनले के के मेननसँग विवाह गरेकी हुन् । के के मेननले धेरै बलिउड फिल्ममा खलनायकको भूमिका निर्वाह गरेका छन् ।
पूजा बत्रा:
पूजा बत्रा ९० को दशककी सबैभन्दा सुन्दर अभिनेत्री हुन् । पूजा बत्राले सन् १९९९ मा आएको फिल्म ‘हसीना मान जायेगी’ मा काम गरेकी थिइन् । सन् २०१९ मा पूजा बत्राले बलिउड अभिनेता नवाब शाहसँग विवाह गरेकी हुन् । नवाब शाहले ‘डन २’, ‘टाइगर जिन्दा है’ जस्ता धेरै हिट फिल्मका साथै साउथ फिल्ममा पनि भिलेनको भूमिका निर्वाह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’
-
गभर्नर नियुक्तिबारे प्रभु साहले उठाए प्रश्न
-
भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने