नेपाल बैंकको सन्देशमुलक दशैं भिडियो “मामाघर” सार्वजनिक
नेपाल बैंक लिमिटेडले बडा दशैंको अवसरमा सन्देशमूलक दशैं भिडियो “मामाघर” सार्वजनिक गरेको छ । दशैंमा बालबच्चाहरुको मामाघर प्रतिको मोह तथा बालमनोबिज्ञानलाई कलात्मक ढंगले प्रस्तुत गर्न खोजिएको भिडियोमा चाडपर्वमा दिदीभाइ दाजुबहिनीहरुको माया ममता तथा सम्झनालाई समेत मार्मिक ढंगले प्रस्तुत गरिएको देखिन्छ ।
करिव ३ मिनेटको यो भिडियोमा छोरीको बुद्धिमतापूर्ण व्यवहारले लामो समयको अन्तरालमा आमा र मामाको भेट सम्भव भएको छ भने दशैंमा मामाघरमा गई टिका लगाउन पनि छोरी सफल भएको देखिन्छ । सानो छँदाको दिदीभाइको माया स्नेह विवाह पश्चात विस्तार कम हुँदै गई दुरी बढ्दै जाने र एकले अर्कोलाई बेवास्ता गर्ने हाम्रो समाजको यथार्थपरक चित्रण गर्दै दिदीभाइ तथा दाजुबहिनीको माया सधैं प्रगाढ रहिरहनुपर्ने सन्देश समेत भिडियोले दिएको छ ।
त्यसैगरी डिजिटल बैंकिङ् को प्रयोगलाई प्रबर्द्धन गर्ने मनसाय समेत भिडियोमा देखिएको छ । नेपाल बैंक लि.ले आफ्नो आधिकारीक फेश बुक पेज र युट्युव मार्फत सो भिडियो सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण