चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु
बिहीबार, १३ असोज २०७९, ०७ : २५
उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् । चाङचुन शहरको एउटा भोजनालयमा आगलागी भएको स्थानीय सरकारले जनाएको छ ।
आगलागी लगत्तै अग्नि नियन्त्रकहरू घटनास्थलमा पुगेका थिए । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण अनुसन्धान भइरहेको छ । चीनमा घातक आगलागी बारम्बार हुने गरेका छन्, जहाँ भवन संहिता उल्लंघन गरेर व्यापक अनधिकृत निर्माण भइरहन्छन् ।
यस महिनाको सुरुमा, चाङ्साको मध्य शहरमा भएको ठूलो आगलागीले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी चाइना टेलिकमको कार्यालय रहेको गगनचुम्बी भवनमा क्षति भएको थियो । त्यस्तै उत्तरपूर्वी जिलिन प्रान्तमा एउटा गोदाममा आगलागी हुँदा १५ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ढुंगाजस्तो मौन बस्न मिल्दैन, सीमाबारे स्पष्ट जवाफ चाहियो
-
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर
-
राज्य नै नागरिकको हत्या गर्न लाग्यो : ऐन महर
-
गणेश नेपालीको निधनमा दीपकराज गिरी भन्छन्, ‘सरकारको पहिलो विकेट पतन भयो’
-
गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ : नेकपा
-
खामेनीको अन्त्येष्टिमा ४ करोड ३० लाख मानिस सहभागी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण