काठमाडौं–१ बाट निर्वाचन लड्दै रवीन्द्र मिश्र, भोलि घोषणा गर्ने
बिहीबार, १३ असोज २०७९, १२ : ०२
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं-१ बाट निर्वाचन लड्ने भएका छन् । शुक्रबार एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गर्ने मिश्रले जानकारी दिए ।
काठमाडौं-१ मा एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवारी दिने मिश्रको तयारी छ । यो विषयमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राप्रपा प्रवेश गर्नु अगाडि नै छलफल गरेका थिए ।
मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् -'शुक्रबार, शुभ घडीमा, पत्रकार सम्मेलन सहितको उम्मेदवारी घोषणा कार्यक्रम आयोजना गर्दैछौँ। मैले पूर्व जानकारी गराए अनुसार म निर्वाचन लड्ने क्षेत्रका मतदातालाई शुभेच्छुकहरूको सौजन्यबाट सक्नेलाई सानो योगदान सहित नसक्नेलाई नि:शुल्क, मेरो नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ उपहार स्वरूप प्रदान गरिन छ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण