बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘वरिष्ठता कायम गरेको भए सर्वोच्च पदमा पुग्थेँ, होस्टाइल हुन मन लागेन’

आइतबार, १६ असोज २०७९, ०९ : १८
आइतबार, १६ असोज २०७९

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले आफू प्रधान न्यायाधीशकै लाइनमा रहने व्यक्ति भए पनि नियुक्ति गर्दा आफूलाई जुनियर बनाएर अपमान गरिएको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा सिन्हाले आफू वरिष्ठ हुँदाहुँदै पनि कनिष्ठ बनाइएको दुःख सुनाएका हुन् । 

रातोपाटीसँगको लामो कुराकानीका क्रममा आफूलाई सम्मानजनक स्थान दिइने भने पनि नियुक्तिका समयमा त्यसो नगरिएको गुनासो गरेका हुन् । यद्यपि अहिले त्यो गुनासो गर्नुको अर्थ नभए पनि तत्कालीन समयमा आफूमाथि अपमान भएको सिन्हाले बताएका हुन् । 

सिन्हाले भनेका छन्, ‘त्यहाँ केही मेरो असन्तुष्टिहरू थिए, वरिष्ठताक्रम मिलेन । नियुक्ति भइसकेपछि एक दिन त मैले मोबाइलको स्वीच अफ नै गरेर बसेँ । वरिष्ठता मिलाएको भए म प्रधानन्यायाधीश पनि बन्न सक्थेँ । तर अब त्यो कुराहरू गर्नुको कुनै अर्थ छैन । त्यतिबेला वरिष्ठताक्रम मिचिएपछि घरपरिवारमा छलफल पनि गरेकै हो, सबैले अब जे भयो भयो होस्टाइल (न्यायाधीश पद अस्वीकार गर्ने) नहोऊ भने । त्यसपछि जुनियर भएरै पनि म न्यायाधीश भएर गएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप