‘वरिष्ठता कायम गरेको भए सर्वोच्च पदमा पुग्थेँ, होस्टाइल हुन मन लागेन’
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले आफू प्रधान न्यायाधीशकै लाइनमा रहने व्यक्ति भए पनि नियुक्ति गर्दा आफूलाई जुनियर बनाएर अपमान गरिएको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा सिन्हाले आफू वरिष्ठ हुँदाहुँदै पनि कनिष्ठ बनाइएको दुःख सुनाएका हुन् ।
रातोपाटीसँगको लामो कुराकानीका क्रममा आफूलाई सम्मानजनक स्थान दिइने भने पनि नियुक्तिका समयमा त्यसो नगरिएको गुनासो गरेका हुन् । यद्यपि अहिले त्यो गुनासो गर्नुको अर्थ नभए पनि तत्कालीन समयमा आफूमाथि अपमान भएको सिन्हाले बताएका हुन् ।
सिन्हाले भनेका छन्, ‘त्यहाँ केही मेरो असन्तुष्टिहरू थिए, वरिष्ठताक्रम मिलेन । नियुक्ति भइसकेपछि एक दिन त मैले मोबाइलको स्वीच अफ नै गरेर बसेँ । वरिष्ठता मिलाएको भए म प्रधानन्यायाधीश पनि बन्न सक्थेँ । तर अब त्यो कुराहरू गर्नुको कुनै अर्थ छैन । त्यतिबेला वरिष्ठताक्रम मिचिएपछि घरपरिवारमा छलफल पनि गरेकै हो, सबैले अब जे भयो भयो होस्टाइल (न्यायाधीश पद अस्वीकार गर्ने) नहोऊ भने । त्यसपछि जुनियर भएरै पनि म न्यायाधीश भएर गएँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण