चच हुईऽऽऽ
सोमबार, १७ असोज २०७९, १५ : ०७
नेपालीको महान् चाड दसैँमा पिङ खेलेर मज्जा लिनुको आनन्द छुट्टै छ । तर केही वर्षयतादेखि काठमाडौँका गाउँघरमा पिङ कमै देख्न पाइन्छ । विजयादशमीको टीकाको दिन एकपल्ट भए पनि शरीरले जमिन छाड्नुपर्ने प्रचलनअनुरूप हरेक नेपालीले पिङ खेल्ने गरेको भए पनि यो प्रचलन हराउँदै जान थालेको छ ।
नेपाली संस्कृतिको उदाहरणका रूपमा समेत लिइने पिङ विगत वर्षमा हरेक टोल र गाउँ–गाउँमा हालिने गरेकामा यस वर्ष केही स्थानमा मात्रै सीमित रहेको छ । वर्षको एकपल्ट मात्रै हालिने पिङ खेलेर दसैँलाई रमाइलो गर्न थोरै स्थानमा पिङ हालिएको भए पनि त्यस स्थानमा पुगेर खेल्नेको सङ्ख्या भने धेरै रहेका छन् । दक्षिणकालीको फर्पिङमा मानिसहरू भेला भएर पिङ उत्साहका साथ खेलेका छन् । हेरौँ तस्बिरहरू :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भूमिकाविनै सरकारमा बस्नुको औचित्य हुँदैन’
-
कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउन फ्रान्स उड्दै बालेन
-
मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुला
-
रिङ रोडको तेस्रो खण्ड नेपालकै लगानीमा बनाउन अर्थमन्त्रीसँग पौडेलको माग
-
कोका–कोला महोत्सवमा २५ प्रतिशतसम्मको छुट
-
स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको आपत्ति