लोसपा नेता अनिल झा भन्छन्– गठबन्धनमा हाम्रा कुरा राखेर फर्कियौँ
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल झाले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको र आफ्ना भनाइ राखेर आफूहरु फर्किएको बताएका छन् ।
सत्तारुढ गठबन्धनबाट जसपा नेपाल बाहिरिएपछि लोसपालाई छलफलका लागि शुक्रबार बालुवाटार भित्र्याइएको थियो । ‘गठबन्धनका नेताहरुले आफ्नो माग प्रस्तुत गर्न हामीलाई भन्नुभयो,’ गठबन्धनसँगको बैठकमा सहभागी लोसपा नेता अनिल झाले रातोपाटीसँग भने, ‘हामीले आफ्ना माग मोटामोटी राख्यौँ ।’
लोसपाका मागबारे गठबन्धनभित्र छलफल गरेर फेरि लोसपासँग निर्णायक वार्ता गर्ने गरी आफूहरुलाई बालुवाटारबाट बिदा गरिएको उनको भनाइ छ । ‘उहाँहरुले हाम्रा मागबारे आन्तरिक छलफल गरेर फेरि बैठक गर्ने प्रस्ताव गर्नुभएको छ,’ उनले भने, ‘उहाँहरुको छलफलमा के कुरा हुन्छ, कहिले बोलाउनु हुन्छ, त्यो उहाँहरुको कुरा हो ।’
उनले आज वा भोलि बिहानसम्ममा गठबन्धनबाट बैठकका लागि बोलाइने अपेक्षा गरे । ‘फेरि छलफलमा बोलाउनु भयो भने दुवैतर्फबाट थप कुराहरु आउला, तालमेलको मोडालिटी बन्ला,’ उनले भने, ‘होइन भने हामी आफ्नै योजनाअनुसार तयारीमै छौं, एक्लै भए पनि चुनाव लड्ने भनेर तयारी गरेकै छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
