बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादी लुम्बिनी प्रदेश सभातर्फ निल

शनिबार, २२ असोज २०७९, ०८ : १०
शनिबार, २२ असोज २०७९

सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशसभामा भने निल भएको छ । टिकट वितरणमा लुम्बिनी प्रदेशका ५२ निर्वाचन क्षेत्रमध्ये एकीकृत समाजवादीले कुनै पनि सिट पाएन । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा 'क' माओवादी केन्द्रको भागमा परेको छ, भने 'ख' कांग्रेसको  भागमा परेको छ । त्यस्तै क्षेत्र नम्बर २ अन्तर्गत 'क' कांग्रेस र 'ख' माओवादीको भागमा परेको छ । पाल्पा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाउँदा क्षेत्र नम्बर २ अन्तर्गत 'क' नेपाली कांग्रेस र 'ख' माओवादी केन्द्रको भागमा परेको छ ।

त्यस्तै अर्घाखाँचीमा प्रदेशसभाका दुईवटा क्षेत्र काँग्रेस र माओवादी केन्द्रले बाँडेका छन् । रुपन्देही १ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ भने क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश सभातर्फ 'क' मा नेपाली कांग्रेस र 'ख' मा माओवादी केन्द्रलाई छुट्टयाइएको छ । रुपन्देही–३ को प्रदेशसभामा 'क' लोसपा र 'ख' कांग्रेसको  भागमा परेको छ ।

रुपन्देही क्षेत्र नम्बर ४ मा प्रदेशसभाका दुवै क्षेत्र कांग्रेसले पाएको छ, भने ५ को 'क' मा माओवादी केन्द्र र 'ख' मा कांग्रेसले पाएको छ । त्यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ र २ को प्रदेशसभा काँग्रेसको भागमा परेको छ । क्षेत्र नम्बर ३ को 'क' मा माओवादी केन्द्र र 'ख' मा कांग्रेसका लागि छुट्टयाइएको छ ।

रुकुमपूर्वमा प्रदेशसभाका दुवै क्षेत्र माओवादीको भागमा परेका छन् । रोल्पामा भने 'क' माओवादी केन्द्र र 'ख' कांग्रेसले  पाएका छन् । प्यूठानमा प्रदेश सभातर्फ 'क' माओवादी केन्द्र र 'ख' कांग्रेसको भागमा परेको छ । दाङ १ को प्रदेशसभा 'क' मा माओवादी केन्द्र र 'ख' कांग्रेसको भागमा परेको छ भने क्षेत्र नम्बर २ मा प्रदेशका दुवै क्षेत्र काँग्रेसले पाएको छ । त्यस्तै दाङ ३ मा प्रदेशतर्फ 'क' काँग्रेस र 'ख' माओवादी केन्द्रले बाँडेका छन् । बाँके १ को प्रदेश सभातर्फ 'क' माओवादी केन्द्र र 'ख' कांग्रेसको भागमा परेको छ भने बाँके २ को प्रदेशसभा 'क' खाली राखिएको छ, भने 'ख' कांग्रेसको भागमा परेको छ ।

बाँके ३ मा प्रदेश 'क' तर्फ माओवादी केन्द्र र 'ख' कांग्रेसको भागमा परेको छ । बर्दिया १ को प्रदेश 'क' तर्फ कांग्रेस र 'ख' माओवादी केन्द्रको भागमा परेको छ । बर्दिया २ मा 'क' काँग्रेस र 'ख' माओवादी केन्द्रले पाएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ को प्रदेशतर्फ 'क' कांग्रेस र 'ख' माओवादीको भागमा परेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–२ को प्रदेशतर्फ 'क' माओवादी केन्द्र र 'ख' कांग्रेसको भागमा परेको छ । 
न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप