बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा प्रतिनिधिसभाका दुई क्षेत्रमा २७ जनाको उम्मेदवारी

आइतबार, २३ असोज २०७९, २२ : ३१
आइतबार, २३ असोज २०७९

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता कार्यक्रम सम्पन्न भएको छ । सोही अनुसार मकवानपुरमा प्रतिनिधिसभातर्फ दुई क्षेत्रका लागि दल र स्वतन्त्रबाट २७ जनाले मनोनयन दर्ता गराएका छन् ।

मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना र मकवानपुर क्षेत्र नम्बर–२ बाट एक जना स्वतन्त्रसहित ११ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । मकवानपुर–१ बाट प्रत्यक्षतर्फ चुनाव लड्न सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले उम्मेदवारी दर्ता गराएकी छन् भने एमालेको समर्थनमा ‘सूर्य’ चिन्हबाट चुनाव लड्ने गरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दिएका छन् ।

सोही क्षेत्रमा राप्रपाबाट सो पार्टीका केन्द्रीय सदस्यसमेत रहेका दीपक बहादुर सिंहले पनि उम्मेदवारी दिएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट टाकाराज थापा, मौलिक जरोकिलो पार्टीबाट संगिन श्रेष्ठ, नेपाली कांग्रेस (बीपी)बाट सुरेन्द्र भट्टराई, मंगोल नेशलनल अर्गनाइजेशनबाट युवराज लामा, सचेत नेपाली पार्टीबाट पंचलाल तामाङ, मालेबाट कृष्णप्रसाद दाहाल, स्वतन्त्रबाट सुभाष पौडेल, आइतराम तामाङ, लोकतान्त्रिक समाजवादी पार्टीबाट रुपक लामा, नेमकिपाबाट शान्तलाल भैल, हाम्रो नेपाली पार्टीबाट दिपेन्द्रचन्द ठकुरी, जनता समाजवादी पार्टीबाट इन्द्रमान थिङ, जन समाजवादी पार्टीबाट मनबहादुर दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै मकवानपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका विरोध खतिवडाले उम्मेदवारी दिएका छन् भने एमालेबाट महेश बर्तौला उम्मेदवार बनेका छन् । यस्तै, नेपाल मजदुर किसान पार्टीबाट रत्न प्रसाद प्रजापति, राप्रपाबाट राजन मैनाली, मंगोल नेशनल अर्गनाइजेशनबाट जीवन स्याङ्तान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, सचेत नेपाली पार्टीबाट कुलेन्द्र दीप विक्रम न्यौपाने, मालेबाट उद्धव प्रसाद अधिकारी, नेकपा नेशनलिष्ट पिप्लस पार्टीबाट तुला बहादुर लामा र स्वतन्त्रबाट प्रदिप कालाखेतीले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभातर्फ मकवानपुर क्षेत्र नम्बर १(क)बाट हाम्रो नेपाली पार्टीबाट किशोर राना, नेमकिपाबाट काशीलाल प्रजापति, नेपाली कांग्रेस (बीपी)बाट कर्णबहादुर थिङ, राप्रपाबाट सागर थापा, सत्ता गठबन्धनबाट प्रेमबहादुर पुलामी, सचेत नेपाली पार्टीबाट सोमबहादुर योञ्जन, जनता समाजवादी पार्टीबाट मेजर मान मोक्तान, एमालेबाट कमल बहादुर विष्ट, स्वतन्त्रबाट ठेडबहादुर पुजारी मगर र जीवन गोलेले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी प्रदेशसभातर्फ १ (ख)मा हाम्रो नेपाली पार्टीबाट किशोर अर्याल, नेमकिपाबाट रमेश मान सिंह, सत्ता गठबन्धनबाट कांग्रेसका आन्दराम पौडेल, कांग्रेस (बीपी)बाट रमेश ढकाल, राप्रपाबाट गुञ्जनबहादुर न्यौपाने, मंगोल नेशनल अर्गनाइजेशनबाट नवराज भ्लोन, सचेत नेपाली पार्टीबाट प्रदिप कुमार महर्जन, जनता समाजवादी पार्टीबाट दीपक सिन्तान, एमालेबाट एकलाल श्रेष्ठ, स्वतन्त्रबाट प्रकाश घिमिरे, कृष्ण केसी, लक्ष्मी गुरुङ, निर्मला गौतम, कमला गौतम, लक्ष्मी अधिकारी लामिछानेले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) का लागि नेपाल मजदुर किसान पार्टीबाट गंगालक्ष्मी वैद्य, एमालेबाट विष्णु प्रसाद ढकाल, सचेत नेपाली पार्टीबाट, ध्रुब प्रसाद दाहाल, स्वतन्त्रबाट सगुन कुमार ढकाल, पदम बहादुर लामा,  प्रमोद गोपाली, सत्ता गठबन्त्रधनबाट माओवादी केन्द्रकी कुमारी मोक्तान र राप्रपाबाट राम बहादुर घलेले उम्मेदवारी दिएका छन् ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर–२ (ख)का लागि राप्रपाबाट बद्रिबहादुर खड्का, मंगोल नेशनल अर्गनाइजेशनबाट युनिश मोक्तान, कांग्रेस (वीपी)बाट पदम बहादुर तितुङ, सचेत नेपाली पार्टीबाट कृष्णप्रसाद आचार्य, एमालेबाट लालबहादुर थापा, सत्ता गठबन्धनबाट कांग्रेसका इन्द्रबहादुर बानियाँ, जनता समाजवादी पार्टीबाट पुंगनाथ तिमल्सिना, स्वतन्त्रबाट खुशीलाल प्रजा, रामहरी सुवेदी र शान्ति दाहालले उम्मेदवारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप