रोनाल्डोको रेकर्ड गोलमा युनाइटेड विजयी
सोमबार, २४ असोज २०७९, ०६ : २७
क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७ सयौँ गोल पुरा गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनको दुई खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभर्टनलाई २-१ गोलले हराएको हो ।
खेलको पाँचौँ मिनेटमा नै एलेक्स इओबीको गोलको मद्दतले एभर्टनले खेलमा अग्रता लिएको थियो । तर १५ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडका लागि खेल बराबरी गरे । उनी युनाइटेडका लागि पहिलो तीन प्रिमियर लिग खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
त्यसपछि एन्थोनी मार्सियाल घाइते भएपछि रोनाल्डो पहिलो हाफमा मैदानमा प्रवेश गर्ने मौका पाए । मैदान प्रवेश गरेको १५ मिनेटमा नै उनले गोल गर्दै युनाइटेडको पुनरागमन पुरा गरे । जीतपछि युनाइटेड ८ खेलपछि १५ अंक बटुल्दै लिगको पाँचौ स्थानमा रहेको छ । एभर्टन भने १० अंकसहित लिगको १२ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण