रोनाल्डोको रेकर्ड गोलमा युनाइटेड विजयी
सोमबार, २४ असोज २०७९, ०६ : २७
क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७ सयौँ गोल पुरा गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनको दुई खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभर्टनलाई २-१ गोलले हराएको हो ।
खेलको पाँचौँ मिनेटमा नै एलेक्स इओबीको गोलको मद्दतले एभर्टनले खेलमा अग्रता लिएको थियो । तर १५ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडका लागि खेल बराबरी गरे । उनी युनाइटेडका लागि पहिलो तीन प्रिमियर लिग खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
त्यसपछि एन्थोनी मार्सियाल घाइते भएपछि रोनाल्डो पहिलो हाफमा मैदानमा प्रवेश गर्ने मौका पाए । मैदान प्रवेश गरेको १५ मिनेटमा नै उनले गोल गर्दै युनाइटेडको पुनरागमन पुरा गरे । जीतपछि युनाइटेड ८ खेलपछि १५ अंक बटुल्दै लिगको पाँचौ स्थानमा रहेको छ । एभर्टन भने १० अंकसहित लिगको १२ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमरेडहरू ! पुँजीवादलाई गाली गरेर आउँदैन साम्यवाद
-
परराष्ट्र मन्त्रालयको सहयोगमा सरोजले कश्मीरबाट उद्धार गरे ३५ जना नेपाली
-
विषयगत समितिको बैठक सम्पन्न, विभिन्न आठ निर्णय
-
एम्बाप्पेको गोल तर हार्यो पीएसजी
-
रुसी रक्षा मन्त्रालयबाट शोइगुलाई सरुवा गर्ने तयारी
-
सुँगुरको मिर्गौला प्रत्यारोपण गर्ने पहिलो व्यक्तिको मृत्यु