आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गायिका बर्तिका राईले गरिन् इन्गेजमेन्ट

सोमबार, २४ असोज २०७९, १३ : १६
सोमबार, २४ असोज २०७९

गायिका बर्तिका राईले इन्गेजमेन्ट गरेकी छिन् । सङ्गीतकर्मी युगल गुरुङसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । बर्तिकाको इन्टाग्राम स्टोरीमा बधाई लेखेर यी दुईको फोटो राखिएको छ ।

बर्तिका अमेरिकामा बस्छिन् र आफैँले लेखेका र सङ्गीत भरेका गीतहरु मात्रै गाउने गर्छिन् । उनी पेशाले अकाउन्टेन्ट हुन् तर स्नातक पढ्दापढ्दै सन् २०१६ मा युट्युबमा रिलिज गरेको उनको एल्बम ‘बिम्बाकाश’ निकै चर्चित छ ।

यस्तै युगलको युट्युब च्यानलले उनी सिंगर र सङराइटर भएको बताउँछ । उनी हाल लण्डनमा बस्छन् । उनको युट्युब च्यानलमा १३ वटा गीत तथा भिडियो अपलोड भएका छन् । पछिल्लो पटक उनले आशाको किरण भन्ने गीत अपलोड गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप