भ्रष्टाचार र नातागोता पोस्ने काम नगर्ने थानीको प्रतिवद्धता
पुर्व संघीय मन्त्री एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार हृदयराम थानीले भ्रष्टाचार र नातागोतालाई पोस्ने काम आफूबाट नहुने प्रतिवद्धता जनाएका छन् ।
जननिर्वाचित व्यक्तिहरुले भ्रष्टाचार र आफ्ना आसेपासेलाई मात्र संरक्षण पर्ने प्रवृत्ति हाबी भएकाले नेताप्रति जनातामा निराशा आएको उनले बताए । त्यस कारण आफु निर्वाचित भएपछि यी दुबै कुराहरु आफ्नो प्राथमिकतामा नपर्ने बुधबार बिहान पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा उनले दाबी गरेका हुन् । थानी आसन्न निर्वाचनका लागि कांग्रेसबाट गठबन्धनका साझा उम्मेदवार हुन् ।
उनले भने,‘ सुर्खेत र समर्ग कर्णालीको विकास र परिवर्तनका लागि आफु कटिबद्ध रुपमा लाग्ने छु । त्यसो भएकाले सुर्खेती जनाले र पत्रकारहरुले आसन्न निर्वाचनमा सहयोग गर्नुहुन्छ भन्नेमा विश्वास छ ।’
थानी संघीयतापछि दोस्रो पटक प्रतिनिधि सभाको लागि उम्मेदवार बनेका छन् । ०७४ मा बाम गठबन्धनका नवराज रावतसँग पराजित उनी अहिले माओवादी–समाजवादीको सहयोगमा चुनावी मैदानमा होमिएका छन् । ‘विद्यार्थी जीवनकालदेखि नै राजनीति यात्राबाट उदाएको नेता भएकोले यस पटकको निर्वाचनमा सुर्खेत क्षेत्र २ का जनताले आफुलाई नै भोट दिएर जिताउनेमा ढुक्क छु,’उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलाई लामाको जन्मदिनमा बालेन सरकार बदनाम
-
राहदानी विभागले भन्यो– आत्मदाहको प्रयास गर्ने व्यक्ति सेवा लिन आएका थिएनन्
-
झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता
-
श्रमिक ठगिको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज
-
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
-
अमेरिकी सैन्य अखडामा इरानको जवाफी आक्रमण, खामेनेईको अन्त्येष्टिको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण