बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

श्रमिक ठगीको आरोप : छानबिनको राडारमा द–रिभर ओभरसिज

बिहीबार, २५ असार २०८३, १८ : ४२
बिहीबार, २५ असार २०८३

सारांश

  • वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा द–रिभर ओभरसिज छानबिनमा परेको छ ।
  • श्रमिक ठगीको उजुरीका आधारमा प्रहरीसहितको टोलीले द–रिभर ओभरसिजको कार्यालयमा छापा मारी केही राहदानी बरामद गरेको छ ।
  • वैदेशिक रोजगार विभागले भने यसलाई नियमित अनुगमनको रूपमा व्याख्या गरेको छ ।

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिने भन्दै युवाहरूबाट करोडौं रुपैयाँ ठगीको आरोपमा द–रिभर ओभरसिज छानबिनमा परेको छ । 

करोडौँ रुपैयाँ ठगीको आरोपमा द–रिभर ओभरसिजलाई प्रहरीले छानबिन गरिरहेको छ। श्रमिक ठगी गरेको उजुरीका आधारमा काठमाडौँको गौशालामा रहेको द–रिभर ओभरसिजमा केही समय अघि वैदेशिक रोजगार विभाग र प्रहरीले छापा मारिएको थियो।

सरकारले फ्रि भिसा, फ्रि टिकटको व्यवस्था गरेको मलेसियाका लागि उक्त म्यानपावरले प्रतिव्यक्ति लाखौं रुपैयाँ मागेको उजुरी परेपछि वैदेशिक रोजगार विभागले प्रहरीको सहयोगमा छापा मारेको थियो । म्यानपावरले मोटो रकम माग गरी ठगी गरेको भन्दै पीडितहरूले प्रधानमन्त्री कार्यालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उजुरी दिएका थिए।

छापा मार्ने क्रममा विभागको टोलीले म्यानपावर कार्यालयबाट केही थान राहदानी समेत बरामद गरेको छ । मन्त्रालय र विभागमा परेका विभिन्न उजुरीहरूका आधारमा उक्त म्यानपावरमाथि निगरानी बढाइएको र सोही क्रममा यो कारबाही अघि बढाइएको स्रोतले जनाएको छ।

तर यता वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यले भने यसलाई नियमित अनुगमनको रूपमा व्याख्या गरेकी छिन्। उनले विभागले आफ्नो क्षेत्राधिकारभित्र रहेर बदमासी गर्ने म्यानपावरहरूलाई अनुगमन गरी कारबाहीको दायरामा ल्याउने गरेको तर पछिल्लो एक साता यता कुनै नयाँ छापा नमारेको दाबी गरिन् ।

उनले भनिन्, ‘विभागले ऐनले दिएको क्षेत्राधिकारमा टेकेर बदमासी गर्ने म्यानपावरहरूको अनुगमन गर्छ । तर कुनै विशेष छापा मार्ने काम भएको छैन।’

विगत केही समयदेखि वैदेशिक रोजगारीको नाममा युवाहरू ठगिने क्रम बढेपछि विभाग र प्रहरीले संयुक्त रूपमा सक्रियता बढाएका छन्। द–रिभर ओभरसिज विरुद्ध परेको उजुरी र बरामद भएका राहदानीबारे थप अनुसन्धान भइरहेको विभागले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप