बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

झलनाथ खनाल र खड्कबहादुर विश्वकर्माबिच भेटवार्ता

बिहीबार, २५ असार २०८३, १८ : ५०
बिहीबार, २५ असार २०८३

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टी(माओवादी)का प्रवक्ता खड्कबहादुर विश्वकर्मा'प्रकाण्ड'बिच भेटवार्ता भएको छ। 

डल्लुस्थित खनाल निवासमा उनीहरूबिच भेटवार्ता भएको हो । 

भेटका क्रममा समसामयिक राष्ट्रिय राजनीतिक परिस्थिति, वामपन्थी आन्दोलनको वर्तमान अवस्था, वामपन्थी शक्तिहरूबिच सहकार्यको आवश्यकता तथा कार्यगत एकतालाई प्रभावकारी ढङ्गले अघि बढाउने विषयमा विस्तृत छलफल भएको हो ।

दुवै नेताले पछिल्लो समयमा नेपालको स्वाधीनता, मुलुकको सार्वभौमसत्ता खतरामा पर्दै गएको अवस्था प्रति चिन्ता व्यक्त गर्दै  मुलुकमा लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय तथा जनताको हितलाई केन्द्रमा राख्दै वामपन्थी शक्तीहरूबिच आपसी समझदारी, सहकार्य र कार्यगत एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएको बुझिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप