रौतहटमा पाँच जनाले लिए उम्मेदवारी फिर्ता

अगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा मनोनयन दर्ता गराएका मध्ये पाँच जनाले आआफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । चारवटा संसदीय निर्वाचन क्षेत्र रहेको रौतहटमा क्षेत्र नम्बर १ बाट एक जना प्रतिनिधिसभाका उम्मेदवार, क्षेत्र नम्बर २ बाट दुई जना प्रदेशसभाका उम्मेदवार, क्षेत्र नम्बर ३ बाट प्रदेशसभाका एक जना र क्षेत्र नम्बर ४ बाट पनि एक जना प्रदेशसभाका उम्मेदवार गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मनोनयन फिर्ता लिनुपर्ने अन्तिम दिन बुधबार क्षेत्र १ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार ब्रजभुषण सिंह राजपुत, क्षेत्र २ क बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार राजेश साह, ख बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार दिलीप कुमार साहले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी क्षेत्र ३ 'ख' निर्वाचन क्षेत्रबाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार प्रमोद भन्ने महेन्द्र प्रसाद र क्षेत्र ४ 'ख'बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार धनलाल ठोकरले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलको आजको खेल रोकियो, दर्शकलाई रङ्गशाला बाहिर निकालियो
-
पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण : भारत
-
जम्मूलाई लक्षित गर्दै पाकिस्तानकाे गाेलाबारुद, भारतीय वायु रक्षाकाे जवाफी फायरिङ
-
भारतको जम्मुस्थित विमानस्थलमा विस्फोट
-
अटोरिक्साको ठक्करबाट बालकको मृत्यु
-
नक्कली नोटसहित हेटौँडाबाट एक जना पक्राउ