रौतहटमा पाँच जनाले लिए उम्मेदवारी फिर्ता
अगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा मनोनयन दर्ता गराएका मध्ये पाँच जनाले आआफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । चारवटा संसदीय निर्वाचन क्षेत्र रहेको रौतहटमा क्षेत्र नम्बर १ बाट एक जना प्रतिनिधिसभाका उम्मेदवार, क्षेत्र नम्बर २ बाट दुई जना प्रदेशसभाका उम्मेदवार, क्षेत्र नम्बर ३ बाट प्रदेशसभाका एक जना र क्षेत्र नम्बर ४ बाट पनि एक जना प्रदेशसभाका उम्मेदवार गरी पाँच जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
मनोनयन फिर्ता लिनुपर्ने अन्तिम दिन बुधबार क्षेत्र १ बाट प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार ब्रजभुषण सिंह राजपुत, क्षेत्र २ क बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार राजेश साह, ख बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार दिलीप कुमार साहले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी क्षेत्र ३ 'ख' निर्वाचन क्षेत्रबाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार प्रमोद भन्ने महेन्द्र प्रसाद र क्षेत्र ४ 'ख'बाट प्रदेशसभाका स्वतन्त्र उम्मेदवार धनलाल ठोकरले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दाशले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण