यस्तो छ आजको फलफूल तथा तरकारीकाे मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ ।
यस्तै,अमला ८६ रुपैया ६७ पैसा, अम्बा १३५ रुपैया, आभोकाडो प्रतिकेजी २२५ रुपैया, भारतीय रातो आलु ४७ रुपैयाँ, मुडेको आलु ७९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँ रहेको छ ।
यस्तै, लोकल काँक्रो प्रतिकेजी ३५ रुपैयाँ, हाइब्रीड काँक्रो १८ रुपैयाँ ३३ पैसा, कागती १९६ रुपैया ६७ पैसा, किवी ३२५ रुपैयाँ, केरा प्रतिदर्जन ११० रुपैया अकबरे खुर्सानी ७६ रुपैयाँ, सुकेको खुर्सानी ४१३ रुपैयाँ ३३ पैसा, तराई गाजर ९५ रुपैया, लोकल गाजर १३० रुपैयाँ, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेँडा ७५ रुपैयाँ, टनेल गोलभेँडा ५० रुपैयाँ र राजमा घिउ सिमी १९० रुपैयाँ रहेको छ ।
यसैगरी लोकल घिउ सिमीको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ३५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, चमसूरको साग १९३ रुपैयाँ ३३ पैसा, चिचिण्डो ३५ रुपैयाँ, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५० रुपैयाँ रहेको छ ।
त्यस्तै, डल्ले च्याउ २२५ रुपैयाँ, छ्यापी सुकेको २३० रुपैयाँ, जिरीको साग १६५ रुपैयाँ, जुनार २७५ रुपैयाँ, टाटे सिमी ९६ रुपैयाँ ६७ पैसा, छडी माछा २४५ रुपैयाँ, बचुवा माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा २४० रुपैयाँ, तितो करेला ६५ रुपैयाँ, तोरीको साग ८० रुपैयाँ, चाइनिज नास्पाती ३२५ रुपैयाँ, निबुवा ४६ रुपैयाँ ६७ पैसा, न्यूरो ८५ रुपैयाँ, परवर ५२ रुपैयाँ ५० पैसा, लोकल परवर ४४ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा र सुकेको प्याज ५१ रुपैयाँ रहेको छ ।
यसैगरी, बकुलाको औसत मूल्य प्रतिकेजी १५६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ३५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, तने बोडी ९० रुपैयाँ, ब्रोकाउली १८३ रुपैयाँ ३३ पैसा, भटमास कोसा ६६ रुपैयाँ ६७ पैसा, डल्ले भन्टा ६५ रुपैयाँ, भिण्डी ८५ रुपैयाँ रहेको छ ।
रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ८६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १७५ रुपैयाँ, सुकेको नेपाली लसुन १३६ रुपैयाँ ६७ पैसा, हरियो लसुन २१३ रुपैयाँ ३३ पैसा, लौका ३५ रुपैयाँ, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १० रुपैयाँ, ज्यापू काउली ६५ रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण