बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तिलौराकोटलाई किन ऐतिहासिक महत्वको मानिन्छ ?

बिहीबार, २७ असोज २०७९, ०९ : ५८
बिहीबार, २७ असोज २०७९

१, नेपाल राष्ट्रबैङ्कको गभर्नरको पदावधि कति वर्षको हुन्छ ? 
(क) तीन वर्ष (ख) चार वर्ष (ग) पाँच वर्ष (घ) छ वर्ष
२, चन्दनाथ बाबाको तपोभूमि भनेर चिनिने स्थानको नाम के हो ? 
(क) जुम्ला (ख) खप्तड (ग) शिवपुरी (घ) रिडी  
३, सुँगुरको पोथीलाई के भनिन्छ ? 
(क) पोथी (ख) भुनी (ग) बुच्ची (घ) भुन्टी 
४, नेपालमा जनगणना गर्ने कामको सुरुवात कहिलेदेखि    भएको हो ?
(क) वि.सं. १९६५ साल (ख) वि. सं. १९६६ साल (ग) विं सं. १९६७ साल (घ) वि. सं. १९६८ साल 
५, नेपालमा कतिकति वर्षमा जनगणना गर्ने गरिएको छ ? 
(क) ५÷५ वर्षमा (ख) १०÷१० वर्षमा (ग) १५÷१५ वर्षमा (घ) २०÷२० वर्षमा 
६, नेपालमा इतिहास शिरोमणि भनेर चिनिने विद्वान् को हुनुहुन्छ ?
(क) बाबुराम आचार्य (ख) बालचन्द्र शर्मा (ग) लेखनाथ पौड्याल (घ) ढुण्डीराज शास्त्री
७, नेपालको तिलौराकोट ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिनुको कारण के हो ? 
(क) बुद्धको मावली भएकाले (ख) बुद्ध जन्मेका स्थान भएकाले (ग) राजा शुद्धोधनको दरवार भएकाले (घ) शिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्त भएको स्थान भएकाले 
८, पर्सा प्राणी उद्यान (चिडियाखाना) को शिलान्यास कहिले गरिएको हो ?
(क) २०७९ साल असोज ५ गते (ख) २०७९ असोज ६ गते (ग) २०७९ असोज ७ गते (घ) २०७९ असोज ८ गते 
९, नेपालमा पोखरापछि सर्वाधिक पानी पर्ने स्थान कुन हो ? 
(क) सङ्खु्वासभा (ख) बालाजु (ग) शिवपुरी (घ) ढोरपाटन
१०, नेपालको सबैभन्दा पुरानो मानिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?
(क) १९४५ साल साउन १२ गते (ख) १९४६ साल साउन १२ गते (ग) १९४७ साल साउन १२ गते (घ) १९४८ साल साउन १२ गते 
११, विश्वको प्रथम महिला प्रधानमन्त्रीको नाम के हो ?
(क) मार्गरेट थ्याचर (बेलायत) (ख) इन्दिरा गान्धी (भारत) (ग) सिरिमाओ वन्दरानायके (श्रीलङ्का) (घ) बेन्जिर भुट्टो पाकिस्तान । 
                                       उत्तरहरू
१–(ग), २–(क), ३–(ख), ४–(घ), ५–(ख), ६–(क) ७–(ग), ८–(ख), ९–(क), १०–(ख), ११–(ग) 

स्रोत विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप