आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

युवा व्यवसायी कुँवरलाई ‘रिक्रियसन आन्टरप्रिनियर’ अवार्ड

बिहीबार, २७ असोज २०७९, १० : २९
बिहीबार, २७ असोज २०७९

दुबईमा सम्पन्न ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२’मा नेपालका युवा व्यवसायी श्रवण कुमार कुँवरले रिक्रियसन आन्टरप्रिनियर अवार्ड जितेका छन् । कुँवर होटल तथा रेष्टुरेन्ट व्यवसायी हुन् । सिजन मिडिया प्रालिले प्रदान गर्दै आएको ‘प्रोफेशनल अवार्ड’ नेपालका कुँवर सहित एशियन मुलुकका ३४ जनाले जितेका छन् ।

मुलुक र मुलुक बाहिर बसेर विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’मा रिक्रियसन आन्टरप्रिनियर विधा कुँवरले प्राप्त गरेका हुन् । कुँवर मनोरञ्जन तथा रेष्टुरेन्ट व्यापारमा सफल व्यवसायीको रुपमा चिनिन्छन् ।

सिजन मिडियाको १४ औं स्थापना दिवसमा प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर अमेरिकी नागरिक डा. रोबेट किट्टेल, पूर्वमन्त्री एकनाथ ढकाल र युएइका एनआरएनए अध्यक्ष ठाकुर ढुङ्गानाले अवार्ड हस्तान्तरण गरेका हुन् ।

सामाजिक, राजनैतिक, सांस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा क्रियाशिल व्यक्तिलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

काभ्रेमा जन्मे हुर्केका कुँवर उच्च शिक्षा अध्ययन गर्न काठमाडौं छिरेका हुन् । कुँवरले ७ सय रुपैयाँमा दुनोट पसलमा काम शुरु गरेका थिए । अहिले उनले आफ्नै लगानीमा राजधानीमा ४ वटा रेष्टुरेन्ट तथा रात्रिकालीन क्लब सन्चालन गरेका छन् ।

सो कार्यक्रममा बंगलादेशका वरिष्ठ पत्रकार काजी रौनक हुसेनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरीएको थियो । पाकिस्तानका वरिष्ठ फोटोपत्रकार महम्मद जांगिर खानलाई वेष्ट फोटोजर्नलिजम अवार्ड प्रदान गरिएको छ ।

पत्रकार दिलीप खत्रीले सोसल जर्नालिष्ट अफ द इयर अवार्ड पाएका छन् । पवन अधिकारीले मिडिया आन्टरप्रिनियर अवार्ड, नारायण पौडेल हस्पिटालिटी अवार्ड,जीवन घिमिरेले बेस्ट सिभिल इन्जिनियरिङ अवार्ड पाएका छन् । विकास खतिवडाले कमर्सियल फोटोग्राफर अवार्ड पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप