कर्णालीमा २४ सिटका लागि ११६ जना चुनावी मैदानमा
शुक्रबार, २८ असोज २०७९, ०७ : ०६
प्रत्यक्षतर्फ २४ निर्वाचन क्षेत्र रहेको कर्णालीमा प्रदेश सभा सदस्य पदका लागि ११६ जना चुनावी मैदानमा उत्रिएका छन् । जसमध्ये सबैभन्दा बढी सुर्खेतका ४ निर्वाचन क्षेत्रमा २९ जना प्रतिस्पर्धा गर्दैछन् भने सबैभन्दा कम रुकुम पश्चिममा ६ जना उम्मेदवार रहेका छन् ।
सुर्खेत र दैलेखमा ४÷४ वटा निर्वाचन क्षेत्र रहेका छन् भने बाँकी जिल्लामा २÷२ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् । सुर्खेतपछि दैलेखमा २०, सल्यानमा ११, कालिकोट र हुम्लामा १०÷१० जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस्तै डोल्पामा ७, मुगुमा ८, जुम्लामा ८, जाजरकोट ७ जना उम्मेदवार रहेका छन् । यस्तै प्रदेश सभा सदस्य पदका लागि १६ जना स्वतन्त्र उम्मेदवार रहेको निर्वाचन आयोगको अन्तिम नामावलीमा प्रकाशित तथ्यांकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण