आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतले मागे कांग्रेस मन्त्रीको राजीनामा

शुक्रबार, २८ असोज २०७९, १३ : ०३
शुक्रबार, २८ असोज २०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेस पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले कांग्रेसबाट सरकारमा मन्त्री रहेकालाई राजीनामा दिन भनेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

केन्द्रमा रहेका कांग्रेसका प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीलाई हटाएको कारण जसपाले पनि सुरुमा कांग्रेसलाई टार्गेट गरेको छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई हालसम्म राजीनामा दिन भनेको छैन तर उनीहरु आफै राजीनामा दिएर गए जसपाले नरोक्ने स्रोतको दाबी छ ।

मधेस प्रदेश सरकारमा कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रहेका राम सरोज यादवले मुख्यमन्त्रीले भन्दैमा आफूहरुले सरकार नछाड्ने, उनीहरुले हटाउन सक्छ भनि हटाइयोस् भनि प्रतिकृया दिए उनले भने, ‘मुख्यमन्त्रीले भन्दैमा हामीले राजीनामा दिँदैनौ, मुख्यमन्त्रीलाई बर्खास्त गर्ने अधिकार छ, हामीलाई पनि बर्खास्त गर्दिए हुन्छ ।’

माओवादी केन्द्रबाट मधेस प्रदेश सरकारमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री रहेका भरत साहले आफूलाई मुख्यमन्त्री राउतले हालसम्म केही पनि नभएको कारण हाल राजीनामा दिने पक्षमा नरहेको बताए । उनले भने, ‘हामीलाई कसैले केही भनेको छैन, केही कुरा भएको छैन भने किन राजीनामा दिने, यसको बारेमा केन्द्रबाट पनि कुनै निर्देशन आएको छैन प्रदेशमा पनि कुनै चर्चा छैन ।’

मधेस प्रदेश सरकारमा कांग्रेसका तीन, माओवादी केन्द्रका राज्यमन्त्रीसहित दुई र नेकपा एकीकृत समाजवादीका राज्यमन्त्रीसहित दुई मन्त्री सहभागी छन् ।

कांग्रेसबाट मन्त्री हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा रहेका छन् । 

माओवादी केन्द्रबाट भने आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह, राज्यमन्त्री रुवी कर्ण र नेकपा एसको तर्फबाट उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद कुमार यादव छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप