‘लाखे’ को प्रदर्शन मिति परिवर्तन
मल्टिस्टार फिल्म ‘लाखे’ को प्रदर्शन मिति परिवर्तन भएको छ । ११ कात्तिकबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म एक सातापछि सरेको छ । अर्थात फिल्म अब कात्तिक १८ मा मात्र प्रदर्शन हुने भएको छ । कात्तिक ११ मा महजोडीको फिल्म ‘महापुरुष’ रिलिज हुने भएपनि महलाई सम्मान गर्दै फिल्मको रिलिज मिति सारिएको निर्माण युनिटले जनाएको छ ।
गत भदौ ३१ गतेलाई रिलिज मिति तय गरिएको ‘लाखे’ को प्राविधिक काम नसकिएपछि कात्तिक ११ मा सरेको थियो । अहिले फेरि यसको रिलिज मिति प्रदर्शन भएको छ । फिल्मका लागि पटक–पटक यसरी रिलिज मिति परिवर्तन हुनु राम्रो मानिन्न ।
सम्राट बस्नेत निर्देशित फिल्ममा सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार लगायतको अभिनय छ ।
हरि मल्लठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।
औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मको पटकथा आकाश बरालले गरेका हुन् भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले आरआर फिल्मस् मार्फत वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण