कांग्रेसको घोषणापत्र : आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशिलता
आगामी संसदीय चुनावका लागि कांग्रेसले आर्थिक सुशासनलाई जोड दिएर घोषणापत्र बनाउने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले दिएको सुझावलाई समेटेर आर्थिक सुशासन र युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिएर घोषणापत्रलाई अन्तिम रुप दिने निर्णय भएको कांग्रेसले जनाएको छ ।
बैठकमा घोषणापत्रमा समेट्ने विषयबारे नेताहरुले दिएको सुझावलाई समेटेर एक साताभित्र सार्वजनिक गर्ने लेखन समितिका प्रवक्तासमेत रहेका सहमहामन्त्री जीवन परियारले जानकारी दिए । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको थियो । बैठकमा शर्माले घोषणापत्रका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।
बैठकमा पार्टी सभापति शेरबहादुर देवासहितका नेताहरुले केही सुझावहरु दिएका थिए । तिनै सुझावलाई समेटेर घोषणापत्रलाई अन्तिम रुप दिने कांग्रेसको तयारी छ । उसले खासगरी आगामी ५ वर्षमा कहाँ पुग्ने भन्ने रोडम्याप ल्याउने जनाएको छ ।
बैठकमा लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ड्राफ्ट प्रस्तुत गरेका थिए । डा.स्वर्णिम वाग्लेले घोषणापत्र तीन खण्डमा विभाजित रहेको भन्दै स्थानीय चुनावको घोषणापत्रको निरन्तरताका रुपमा आउने बताए । उनले घोषणापत्रको सार आर्थिक सुशासन,युवा रोजगारी र उद्यमशिलता रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण