शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसको घोषणापत्र : आर्थिक सुशासन, युवा रोजगारी र उद्यमशिलता

शुक्रबार, २८ असोज २०७९, १७ : १२
शुक्रबार, २८ असोज २०७९

आगामी संसदीय चुनावका लागि कांग्रेसले आर्थिक सुशासनलाई जोड दिएर घोषणापत्र बनाउने भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरुले दिएको सुझावलाई समेटेर आर्थिक सुशासन र युवा रोजगारी र उद्यमशीलतालाई प्राथमिकता दिएर घोषणापत्रलाई अन्तिम रुप दिने निर्णय भएको कांग्रेसले जनाएको छ । 

बैठकमा घोषणापत्रमा समेट्ने विषयबारे नेताहरुले दिएको सुझावलाई समेटेर एक साताभित्र सार्वजनिक गर्ने लेखन समितिका प्रवक्तासमेत रहेका सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।  कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति गठन गरेको थियो । बैठकमा शर्माले घोषणापत्रका बारेमा संक्षिप्त जानकारी गराएका थिए । 

बैठकमा पार्टी सभापति शेरबहादुर देवासहितका नेताहरुले केही सुझावहरु दिएका थिए । तिनै सुझावलाई समेटेर घोषणापत्रलाई अन्तिम रुप दिने कांग्रेसको तयारी छ । उसले खासगरी आगामी ५ वर्षमा कहाँ पुग्ने भन्ने रोडम्याप ल्याउने जनाएको छ ।  

बैठकमा लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको ड्राफ्ट प्रस्तुत गरेका थिए । डा.स्वर्णिम वाग्लेले घोषणापत्र तीन खण्डमा विभाजित रहेको भन्दै स्थानीय चुनावको घोषणापत्रको निरन्तरताका रुपमा आउने बताए । उनले घोषणापत्रको सार आर्थिक सुशासन,युवा रोजगारी र उद्यमशिलता रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप