मन्त्रीबाटै आचारसंहिता उल्लंघन
सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनसम्बन्धी आचारसंहिता २०७९ अनुसार सरकारका मन्त्रीहरूले निर्वाचन प्रचारप्रसारमा सरकारी गाडी र सरकारी साधनस्रोत प्रयोग गर्न पाउँदैनन् । तर, सरकारका झन्डै १४ मन्त्री अहिले मन्त्रालयका विभिन्न साधनस्रोत र गाडीको दुरुपयोग गर्दै आप्mनो चुनाव प्रचार र घरदैलो गरिरहेका छन् । केही मन्त्रीले त राहतका नाममा चामलसमेत वितरण गरेर निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् ।
मन्त्रीहरूले मन्त्रालयबाट जिल्लामा जाँदा त्यसको जानकारी अनिवार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गराउनुपर्छ । जिल्ला भ्रमण गर्दा प्रधानमन्त्री कार्यालयबाट भ्रमण स्वीकृतसमेत गराउनुपर्छ तर अधिकांश मन्त्री जिल्ला भ्रमणमा रहे पनि कसैले पनि भ्रमण स्वीकृत नगराएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।
सो कार्यालयका अनुसार हाल चुनाव क्रममा सहरी विकासमन्त्री मेटमणि चौधरी, परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, शिक्षामन्त्री देवेन्द्र पौडेल, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजलगायत जिल्लामा रहेका छन् । उनीहरू धेरै दिनदेखि जिल्लामा छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता २०७९ उल्लंघन भए उम्मेदवारको उम्मेदवारी रद्दसमेत हुन सक्ने चेतावनी दिएका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण