शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनका शीर्ष नेताले आज काठमाडौंमा प्रशिक्षण दिने

आइतबार, ३० असोज २०७९, ०८ : १८
आइतबार, ३० असोज २०७९

सत्तारुढ गठबन्धनले काठमाडौँमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । 

काँडाघारी स्थित शुभश्री पार्टी प्यालेसमा अपराह्न १ बजे संयुक्त प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको काठमाडौं–२ की गठबन्धनकी उम्मेदवार पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले जानकारी दिइन् । उनका अनुसार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता प्रकाशमान सिंह लगायतले प्रशिक्षण दिने कार्यक्रम छ । 

कार्यक्रममा सत्ता गठबन्धन आवद्ध सबै दलका नेता तथा कार्यकर्ता सहभागी हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप