सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले ‘जिरो कोभिड’ नीतिलाई जारी राख्ने

आइतबार, ३० असोज २०७९, २१ : ५०
आइतबार, ३० असोज २०७९

चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ राष्ट्रिय सम्मेलन आइतबार राजधानी बेइजिङमा सुरु भएको छ। यसमा सी जिनपिङले तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्ने अपेक्षा गरिएको छ ।

सम्मेलनबाट चीनको कडा ‘जिरो कोभिड’ नीतिलाई नरम बनाउने घोषणा गर्ने आशा गरिएको थियो । तर, यस सम्बन्धमा राष्ट्रपति जिनपिङको छोटो जवाफ ‘होइन’ मा आएको छ । उनले जीवन बचाउनेलाई प्राथमिकतामा राखेर ‘जिरो कोभिड’ नीतिमा कुनै ढिलाइ नहुने बताए । यसको अर्थ चीनमा कोभिडसँग लड्न थप लकडाउन, सामूहिक परीक्षण, स्वास्थ्य कोड स्क्यानिङ, क्वारेन्टाइन र यात्रा प्रतिबन्धलाई कडाइका साथ लागू गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप