एल क्लासिकोमा बार्सामाथि रियल हाबी
आइतबार, ३० असोज २०७९, २२ : ०७
सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिडले यो सिजन आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । घरेलु मैदानमा ३–१ को जीत निकाल्दै रियल ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको १२ औँ मिनेटमा नै कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा फेडेरिको भालभर्डेले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको ८३ औँ मिनेटमा लेवान्डोस्कीको पासमा फेरान टोरेसले बार्साका लागि गोल फर्काए पनि त्यो सान्त्वना गोल मात्र बन्न पुग्यो ।
इन्जुरी समयमा रोड्रिगोले पेनाल्टीबाट गोल गर्दै रियलको जित सुनिश्चित गरे । ९ खेलपछि ८ खेलमा जीत र १ मा बराबरी गर्दै रियल २५ अंकसहित लिगको शीर्ष स्थानमा रहेको छ । पराजयपछि २२ अंकसहित बार्सा दोस्रो स्थानमा सीमित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण