बङ्गलादेशमा रोहिङ्ग्या समुदायका दुई नेताको हत्या
बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो ।
सन् २०१७ मा म्यानमारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेश विशाल शिविरमा आश्रय दिइरहेको छ । हालैका महिलाहरूमा अव्यवस्थित बस्तीहरुमा हिंसा बढेको छ, गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीको नागरिक नेतृत्वलाई हत्या र अपहरणमार्फत तर्साउने गरिरहेका छन् ।
प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गर्नुभएको छ । “एक दर्जनभन्दा बढी रोहिङ्ग्या उपद्रवीहरूले क्याम्प १३ का प्रमुख ३८ वर्षीय मौलवी मोहम्मद युनुसको हत्या गरेका थिए। उनीहरुले अर्का माझी ३८ वर्षीय मोहम्मद अनवरको पनि हत्या गरेका छन् । युनुसको घटनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको थियो।
‘माझी’ रोहिंग्या शिविरका नेताका लागि एउटा शब्द हो । शिविरमा सुरक्षाको जिम्मा पाएको इकाइका एक वरिष्ठ अधिकारीले म्यान्मारमा सेनासँग लडिरहेको विद्रोही समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी ९एआरएसए० लाई मारिएको आरोप लगाएका छन् ।
“यो एआरएसएद्वारा लक्षित हत्याहरू हुन् । म्यान्मारको आन्तरिक द्वन्द्वले शिविरको सुरक्षा अवस्थालाई प्रभावित गरिरहेको छ,” संवेदनशील सूचनाबारे नाम नबताउने शर्तमा उनले भने । ‘याबा मेथाम्फेटामाइन’ चक्कीमा केन्द्रित लागुऔषधको कारोबार नियन्त्रणका लागि गिरोहले लामो समयदेखि युद्ध लड्दै आएको छ, तर बङ्गलादेशको कक्स बजार जिल्लाका प्रहरी प्रमुखले त्यहाँ तनाव बढेको बताएका छन् ।
“पछिल्लो तीन महिनामा मात्रै शिविरमा कम्तीमा १४ रोहिङ्ग्याको हत्या भएको छ। गत वर्षको तुलनामा शिविरमा हत्याका घटनामा वृद्धि भएको छ,” महफुजुल इस्लामले एएफपीसँग भने । रोहिङ्ग्या समुदायका एक नेता र शनिबार मारिएकामध्ये एकका भतिजाले पनि हत्याका लागि एआरएसएलाई दोषी ठहराएका छन् ।
“एआरएसएले हिजो राति मेरो काकाको हत्या गरेको छ । मेरो काकाले उनीहरूलाई लागूपदार्थको कारोबार नगर्न भन्नुहुन्थ्यो । उहाँले शिविरहरूमा स्वेच्छाले गस्तीको निरीक्षण गर्नुहुन्थ्यो । उनीहरूले मेरो काकाको हत्या गरे,” मृतकका भतिजाले आफ्नो सुरक्षाको डरले नाम नबताउने शर्तमा भने ।
एआरएसएले शनिबारको हत्याबारे सार्वजनिक रुपमा कुनै टिप्पणी गरेको छैन । गत वर्षको सेप्टेम्बरमा शीर्ष रोहिङ्ंग्या नेता मोहिब उल्लाहको हत्या गरेको आरोपमा यस वर्षको सुरुमा यसका केही सदस्यमाथि अभियोग लगाइएको थियो । एआरएसएले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा स्वागत गरेका उल्लाहको हत्यापछि बङ्गलादेशी अधिकारीहरूले ठूलो कारबाही सुरु गरेका थिए र कम्तीमा आठ हजार संदिग्ध एआरएसए सदस्यहरूलाई गिरफ्तार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण